वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न ।

वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न ।

dilip pratap khand

वालिङ :
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्नुहुँदै नगरप्रमुख दिलिपप्रताप खाँणले सहकारीहरु आफ्ना सिद्धान्त अनुसार अगाडि बढ्नुपर्ने भन्दै नमुना सहकारीको रुपमा अगाडि बढ्न आग्रह गर्नुभयो । प्रमुख खाँणले सहकारीले कृषि तथा पशुपालनका क्षेत्रमा लगानी बढाउन सुझाव समेत दिनुभयो ।
फरक प्रकृति र फरक उद्देश्यका लागि स्थापना भएको सहकारीले उत्पादन र बजारीकरण दुवैमा काम गनुपर्ने भन्दै खाँणले नगरपालिकाले बिशेष सहयोग गर्ने बताउनु भयो ।


कार्यक्रममा बोल्दै युएनडिपी नेपालका प्रदेश प्रमुख सुदिप अर्यालले सहकारीले छोटो समयमा गरेको प्रगतीको प्रशंसा गर्नु भयो । नयाँ कामको लागि स्थापना भएको सहकारीले निक्कै प्रगती गरेको छ । उहाँले भन्नुभयो, नगरपालिकाको नेतृत्वमा शुरु भएको सहकारी मार्फत दीगो आर्थिक बिकासको काम शुरु गरेको छ ।
फालीबाट थाली सम्म भन्ने उक्तीलाई साकार पार्न सबैले मिलेर काम गर्नु पर्ने बताउनु भयो । अर्यालले कसैलाई पनि पछाडि नछाडौ र कसैलाई पछाडि नपारौ. भन्ने भनाईलाई आत्मसात गर्दै सहकारीले दीगो बिकासको लक्षलाई प्राप्त गर्ने नगरको अभियानलाई सहयोग गर्ने बिश्वास व्यक्त गर्नु भयो ।


कार्यक्रममा वडा नं. ८ का अध्यक्ष कमलप्रसाद सुवेदी, वडा नं. ११ का अध्यक्ष वसन्तकुमार मल्ल, वालिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनाल, राष्ट्रिय सहकारी बैंकका प्रमुख टिकाराम अधिकारी, दियालो गैह्र सरकारी संस्थाका अध्यक्ष कविता तिवारी गैह्रे, वालिङ बचत तथा ऋण सहकारी संस्थाका सचिव गुणनिधि काफ्ले, नगरपालिकाका सहकारी साखा प्रमुख भुवानीप्रसाद तिवारी लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष ल्या. यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष नेत्रप्रसाद सुवेदी, सञ्चालन सचिव भुपराज बगाले र धन्यवाद सदस्य नेत्रप्रसाद पाण्डेले गर्नुएको थियो ।सहकारीले कृषकहरुको कृषिउपजको बजारीकरणका लागी हाटबजार समेत सञ्चालन गर्दैै आईरहेको छ ।
यसैब्ीच अधिवेसनले पुनः याम बहादुर गुरुङको अध्यक्षतामा नै नयाँ कार्यसमितिलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

 

 

Facebook Comments Box
TOP