वालिङका कृषकहरुलाई बिउबिजन बितरण ।
वालिङ,पुस २६ :
वालिङका कृषकहरुलाई बिउबिजन बितरण गरिएको छ । नगरभित्रका कृषकहरुलाई मौसम अनुशारका लहरेबालीका बिउबिजन बितरण गरिएको हो ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ को आयोजना तथा ‘उद्यमशीलता व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईविक’को सहजीकरणमा बिउबिजन बितरण गरिएको हो ।

बिउबिजन बितरण गर्दै वालिङ नगरउपप्रमुख कल्पना तिवारीले कृषकको उत्पादन बढाउन र बजारीकरणका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । कृषकहरुलाई बिभिन्न सहयोग गर्दै लागत कम गर्ने र कृषि उत्पादनमा आत्मनिर्भर बनाउनेमा नगरको जोड रहेको उपप्रमुख तिवारीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कृषकहरुको उत्पादन बढेमा मात्रै समग्र नगरको आर्थिक बिकास हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषकहरुको मेहनतलाई नगरले कदर गर्दै उनीहरुको काममा साझेदारी गरिरहेको छ ।’

कार्यक्रममा वालिङ नगरपालिका कृषि शाखा प्रमुख शुभाष अर्यालले बिउबिजन लगाउने तरिका तथा यसबाट धेरै फल लिन सकिने तरिकाका बारेमा जानकारी गराउनु भएको थियो ।
दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कृषकहरुको माग र आवश्यक्ताका आधारमा परियोजना मार्फत बिउबिजन बितरण भईरहेको जानकारी गराउनु भयो । कृषकहरुले अनुदानमा पाएका सामाग्री तथा बिउबिजनको राम्रो सदुपयोग गरिहेको आफूहरुले पाएको अध्यक्ष तिवारीले बताउनु भयो ।
कार्यक्रमको सञ्चालन दियालो युएनडिपीका अधिकृत गंगाधर खनाल राजुले गर्नु भएको थियो ।

नगरका १४ वटै वडाका कृषक समूह, व्यवशायीक कृषक तथा नव व्यवशायीक कृषकहरुलाई बिभिन्न चरणमा गरी पाँचसय जनालाई बिउबिजन बितरण गरिएको परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


