चिसोले दुईको मृत्यु ।

काठमाण्डौ:
चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा एक एक जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन्।यादवको जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार पालिकाले विद्यालयमा बिदा दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालय बन्द गरेकोे जनाएका छन् ।

Facebook Comments Box
TOP