किन छैन प्रारम्भिक नतिजामा तेस्रो लिङ्गी ( यौनिक तथा लैंगिक अल्पसंख्यक) को तथ्यांक ?
काठमाण्डौ
तथ्यांक विभागले यो वर्ष २०७८ सालको प्रारम्भिक जनगणना सार्वजनिक गर्दा पुरुष र महिलाको मात्रै जनसंख्या समेटेको छ । विभागले आज तथ्यांक सार्वजनिक गर्नेक्रममा पुरुष र महिलाको संख्या स्पष्टसँग उल्लेख गरेको छ । तथ्यांकमा जनगणनाबाट पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको देखाइएको छ । तर, विभागले तेस्रो लिङ्गी ( यौनिक तथा लैंगिक अल्पसंख्यक) को तथ्यांक कतै समेटेको छैन ।
पुरुष र महिलाको जनसंख्या सार्वजनिक गर्दा तेस्रो लिङ्गीलाई किन छुट्याएको भन्ने प्रश्नमा विभाग भन्छ, ‘यो प्रारम्भिक रिपोर्ट हो । यसमा विस्तृत तथ्यांक समेटिएको छैन ।’ गणकहरूले जनगणना गर्दा सोध्न तयार पारिएको मूख्य प्रश्नावलीका आधारमा यो प्रारम्भिक तथ्यांक सार्वजनिक गरिएको विभागको भनाई छ ।विभागले जनगणनाको प्रश्नावलीमा लिङ्गमा पुरुष र महिलालाई मात्र समेटेको जनाएको छ । जनगणनाको तथ्यांक संकलन गर्दै गर्दा गणकहरूको मूख्य प्रश्नावलीमा तेस्रो लिङ्गीलाई नसमेटिएकाले नै तथ्यांक आउन ढिला हुने विभागले बताएको छ ।
‘अहिले महिला र पुरुषको मात्रै जनसंख्या समेटिएको छ । उमेर समूहअनुसार र बालबालिका तथा वृद्धवृद्धाको संख्या समेटिएको छैन,’ विभाग भन्छ, ‘अब विस्तृत तथ्यांकमा सबैलाई समेटिन्छ ।’ एक यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मीले जनगणनामा महिला र पुरुष मात्रै उल्लेख गरिएको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘तथ्याङ्क विभागले महिला पुरुषको मात्र तथ्याङ्क निकालेको देखिन्छ । नेपालमा कति यौनिक तथा लैंगिक अल्पसंख्यक छन् भनेर तथ्याङ्क सार्वजनिक किन नगरेको होला ?”
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


