पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु ।
पाल्पा
पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
लु २ ख ७२७९ नम्बरको बस दुर्घटनामा आठ जना घाइते रहेको प्रहरीले जानकारी दिएको छ। शव बोकेको बस दुर्घटनामा परेको हो। वुटवलको बेलबासबाट पाल्पाको रिडीतर्फ शव बोकेर जाँदै गरेको गरेका मलामीहरू दुर्घटनामा परेका हुन्।
रिब्दीकोट २ लगुवा भन्ने ठाउँमा बस दुर्घटनामा पर्दा सात जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। ‘सात जनाको मृत्यु भएको छ। घाइतेलाई उपचारका लागि अस्पताल लगेका छौं,’ उनले भने। बस घुम्तीबाट खसेको थियो। सडक चिप्लो हुँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ। मृत्यु हुनेहरूको नाम खुल्न बाँकी छ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


