गुप्ततारा स्मृति प्रतिष्ठान पत्रकारिता पुरस्कारद्धारा पत्रकार कला राना पुरस्कृत

स्याङ्जा ११ माघ :
गुप्ततारा स्मृति प्रतिष्ठान पत्रकारिता पुरस्कारबाट पत्रकार कला राना पुरस्कृत हुनुभएको छ । नेपाल प्रेस चौतारी स्याङ्जाको पाचौँ अधिवेसनका अवसरमा संवादाता राना गुप्ततारा स्मृति प्रतिष्ठान पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत हुनुभएको हो । गुप्ततारा स्मृति प्रतिष्ठान पत्रकारिता पुरस्कार एमाले केन्द्रिय सचिव, संघिय सांसद तथा पुर्व मन्त्री पद्मा अर्यालको स्व. बुवाआमा गुप्तप्रसाद अर्याल र तारादेवि अर्यालको स्मृतिमा स्थापित पुरस्कार हो ।
एक दशक बढी पत्रकारिता क्षेत्रमा रही समाजलाई सुसूचित बनाउन महत्वपुर्ण योगदान पु¥याउनुभएको भन्दै सञ्चारिका समूह स्याङ्जाकी अध्यक्ष समेत रहनुभएका रानालाई अधिवेसन उद्दघाटनका अवसरमा एमाले सचिव एवं प्रतिष्ठानकी संरक्षक अर्यालले नगद १० हजार सहित सम्मान पत्र र दोसल्लाले पुरस्कृत गर्नुभएको हो । उद्दघाटनका अवसरमा सचिव अर्यालले पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताउनुभयो । पछिल्लो समय पत्रकारितामाथि नै प्रश्न उठिरहेको भन्दै स्वतन्त्र पत्रकारिता, तथ्यमा आधारित समाचार सम्प्रेशण गर्नुपर्नेमा जोड दिनुभयो । २०७६ सालमा स्थापित प्रतिष्ठानले पत्रकारिता, साहित्य, सामाजसेवामा काम गर्दै आईरहेको प्रतिष्ठानका अध्यक्ष अनन्त अर्यालले बताउनुभयो ।
भाषा साहित्यलाई प्रर्वद्धन तथा संर्वद्धन गर्ने, समाजसेवाका साथै पत्रकारिता जगतका व्यक्तित्वहरुलाई समेत प्रोत्साहन गर्ने प्रतिष्ठानको उद्देश्य रहेको अध्यक्ष अर्यालले बताउनुभयो । त्यस्तै अधिवेसनका अवसरमा राना सहित तिन पत्रकार पुरस्कृत भएका छन् । इन्द्र ईना स्मृति पुरस्कारबाट वालिङ टेलिभिजनका मोहन सुनार र स्याङ्जा खबरका सुनिल न्यौपाने नगद ५÷५ हजार राशि सहित पुरस्कृत हुनुभएको छ । चौतारीका संस्थापक अध्यक्ष राजेन्द्र डुम्रे र पुर्व अध्यक्ष हिमलाल पराजुलीलाई समेत चौतारीले सम्मानपत्र र दोसल्लाले सम्मान गरेको छ ।
यसैबीच चौतारीको पाँचौ अधिवेसनले हरिप्रसाद अर्याल शुसिलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कोभिडको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै सिमित मात्रामा पत्रकारहरुको सहभागितामा पाँचौँ अधिवेसन सम्पन्न गरिएको निर्वाचन मण्डलका अध्यक्ष एवं चौतारीका केन्द्रिय सदस्य हिमलाल पराजुलीले बताउनुभयो ।

Facebook Comments Box
TOP