सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध ।

palpa_butwal_pahiro sadak

चितवन:
सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाउन काम सुरु भएको प्रहरीले जनाएको छ ।
टोपो खोला नजिक पुल बन्न लागेको र त्यसका लागि खनेको ठाउँबाट राति सुख्खा पहिरो खसेको हो ।

 

Facebook Comments Box
TOP