नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालद्वारा राजीनामा ।

काठमाण्डौ:
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्।
नारायणहिटी परिसरको क्यान्टिन भाडामा लगाउँदा विवादमा तानिएका दाहालले मंगलबार पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा बुझाएका हुन्। तर, दाहालले राजीनामा बुझाएको औपचारिक जानकारी न्यौपानेले दिएका छैनन्। मन्त्री प्रेम आलेले भने दाहालले राजीनामा दिएको पुष्टि गरे। ‘उहाँले राजीनामा दिनुभएको छ, राजीनामामा मलाई पनि बोदार्थ दिइएको रहेछ,’ मन्त्री आलेले भने।
‘संग्रहालयको बोर्डले २०७६ फागुन १९ गते तत्कालीन संस्कृति सचिव तथा समितिका अध्यक्ष केदारबहादुर अधिकारीको अध्यक्षतामा बसेको समितिको निर्णयनुसार संग्रहालयमा रहेको क्याफ्टेरिया भाडामा दिन प्राविधिक र आर्थिक प्रस्ताव माग गरी टेण्डर प्रक्रियाबाट बोलपत्र आह्वान गरी दररेट निर्धारण समेत गरी तीन वर्षको अवधिको लागि भाडामा दिइएको हो,’ राजीनामा पत्रमा उनले भनेका छन्। त्यस्तै, क्याफ्टेरिया वरिपरिको क्षेत्रहरूमा वातावरण सुधार गरी सौन्दर्यीकरण गरी हावाहुरीबाट बचाउन आवश्यक परेमा अस्थायी संरचना निर्माण गर्न सक्ने पनि शर्तमा उल्लेख भएको उनले भनेका छन्।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…