पृथ्वीजयन्तीका अवसरमा स्याङ्जाका ७ पालिकाले दिए आज सार्वजनिक बिदा ।
वालिङ,पुस २७ गते :
पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउनका लागि स्याङ्जाका ७ वटा पालिकाले आज मंगलवार सार्वजनिक बिदा दिएकाछन् ।
जिल्लाका वालिङ नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका,गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र आँधिखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएकाहुन् ।
नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै पालिकाहरु भित्रका सरकारी कार्यालयहरु तथा संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको उनीहरुले सार्वजनिक सूचना निकालेर जानकारी गराएकाहुन् ।
यसअघि विश्व हिन्दु युवा संघ स्याङ्जाले गत शुक्रबार पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउनकालागि सार्वजनिक बिदा दिनमाग गरेको थियो । संघले प्रशासन र ११ वटै पालिकामा ज्ञापनपत्र बुझाएको अध्यक्ष नवराज पौडेलले बताउनु भयो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


