पृथ्वीजयन्तीका अवसरमा स्याङ्जाका ७ पालिकाले दिए आज सार्वजनिक बिदा ।

sarbajanik bida

वालिङ,पुस २७ गते :
पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउनका लागि स्याङ्जाका ७  वटा पालिकाले आज मंगलवार सार्वजनिक बिदा दिएकाछन् ।
जिल्लाका वालिङ नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका,गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र आँधिखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएकाहुन् ।
नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै पालिकाहरु भित्रका सरकारी कार्यालयहरु तथा संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको उनीहरुले सार्वजनिक सूचना निकालेर जानकारी गराएकाहुन् ।
यसअघि विश्व हिन्दु युवा संघ स्याङ्जाले गत शुक्रबार पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउनकालागि सार्वजनिक बिदा दिनमाग गरेको थियो । संघले प्रशासन र ११ वटै पालिकामा ज्ञापनपत्र बुझाएको अध्यक्ष नवराज पौडेलले बताउनु भयो ।

Facebook Comments Box
TOP