आइसोलेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा ।

काठमाण्डौ
प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि उनसँग भेटघाट गरेका प्रधानमन्त्री देउवा स्वास्थ्य प्रोटोकलअनुसार आजदेखि आइसोलेसनमा बसेका हुन् ।

केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि प्रधानमन्त्री देउवा सार्वजनिक कार्यक्रममा निस्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीच भेट भएको थियो ।बैठकको भोलिपल्टै दाहालमा कोरोना पुष्टि भएपछि देउवालगायतका अन्य सत्तारुढ दलका शीर्ष नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।प्रधानमन्त्री देउवाले आज बिहानै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन्

Facebook Comments Box
TOP