अत्यावश्यक सेवाबाहेक अन्यलाई राहदानी वितरणमा रोक ।
काठमाण्डौ:
कोरोना संक्रमण तिब्र रूपमा बढेको भन्दै राहदानी विभागले दैनिक वितरण गर्दै आएको कार्य हाललाई स्थगित गरेको छ।
दैनिक १२ सयलाई राहदानी दिँदै आएको विभागले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवाबाहेक अन्यलाई राहदानी वितरणमा रोक लगाएको मंगलबार एक विज्ञप्ति निकाल्दै जानकारी दिएको छ।
‘कोभिड १९ सम्बन्धी नेपाल सरकारको पुस ३० गतेको निर्णय तथा विभागका कर्मचारीमा व्यापक रुपमा फैलिएको कोरोना भाइरसको कारण विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवाबाहेक यस विभागबाट प्रदान गरिने राहदानी सेवा सम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मको लागि सीमित गरिएको छ’, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस अगाडि विभागले दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको छ। अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने छ।’
विभागले विदेशमा उपचारको लागि जानुपर्ने तथा अत्यन्त जरूरी परेको अवस्थामा विभागको इमेल ठेगनामा अनलाइन आवेदन दिएपछि राहदानी लिन सकिने विभागले जानकारी दिएको छ। ‘विदेशमा उपचारको लागि जाने तथा अत्यन्त जरूरी परेका अवस्थामा अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारणसहित अनुरोध गर्न सकिने छ। सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदनबारे विभागले दुई कार्य दिन भित्र इमेलबाटै जानकारी गराउने छ। निवेदन स्वीकृत भएका सेवाग्राहीले इमेल प्रिन्ट गरेर तोकिएको मिति र समयमा विभागमा सम्पर्क गर्न आउन अनुरोध गरिन्छ’, विभागले भनेको छ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


