जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु ।

elephant

काठमाण्डौ
झापाको दमक–३ दुम्सेमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

गए राति जङ्गली हात्तीको आक्रमणबाट दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको मृत्यु भएको हो । मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको थियो ।
आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।

Facebook Comments Box
TOP