अफ्रिकी देश मोरिससविरुद्ध आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दै नेपाली टोली ।

काठमाण्डौ:

नेपाली राष्ट्रिय फुटबल टोलीले आधिकारिक रूपमा दक्षिण अफ्रिकी देश मोरिससविरुद्ध शनिबार दशरथ रंगशालामा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दै छ । चार महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेलमा सहभागी हुन लागेको नेपाली टोली मोरिससविरुद्ध प्रतिस्पर्धा तयारी अवस्थामा छ । नेपालले मैत्रीपूर्ण खेलका लागि सबै तयारी पूरा गरेको छ । खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान किरण चेम्जोङले मोरिससविरुद्धको खेल फरक अनुभव हुने बताएका छन् ।

‘हामी पहिलोपटक अफ्रिकी देशविरुद्ध खेल्दै छौँ, सबै खेलाडीका लागि यो निकै फरक अनुभव हुनेछ,’ कप्तान किरणले भने, ‘मैत्रीपूर्ण खेल हो, यस अर्थमा यस्तै किसिमको खेल हुनुपर्छ भन्ने छैन, नेपाल मैदानमा सधैँ जितकै खेल्छ र सोही लक्ष्य पूरा गर्ने हुनेछ ।’ पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी उपस्थित भएनन् । स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले जानकारी दिए । ‘मुख्य प्रशिक्षक अलमुताइरी स्वास्थ्यका कारण आउन नसक्नु भएको हो, यसबाहेक अन्य कुनै कारण छैन,’ श्रेष्ठले भने ।

मोरिससविरुद्ध दुई टोली:
अलमुताइरीले पहिलोपटक क्लोज क्याम्पमा रहेका ३४ जना खेलाडीलाई नै समावेश गरी दुई फरक राष्ट्रिय टोलीको घोषणा गरेका छन् । जसमा नौ खेलाडीले मौका पाएका छन् । कप्तान चेम्जोङले प्रशिक्षकको योजनाबारेमा आफूलाई केही जानकारी नभएको बताएका छन् । ‘उहाँले घोषणा गर्नुभएको दुई टोली र योजनाबारेमा केही जानकारी छैन,’ चेम्जोङ भन्छन्, ‘मेरो काम केवल मैदानमा खेल्ने मात्र हो, सम्भवतः लिगको प्रदर्शनको आधारमा छनोट परेका खेलाडीको हौसला बढाउन यस किसिमको छनोट गरिएको हुनुपर्छ ।’ नेपालका कप्तान चेम्जोङले हार्नका लागि नखेल्ने बताएका छन् । ‘हार्नका लागि त कोही पनि खेल्दैन, हामी जित्नकै लागि खेल्ने हो,’ हामी मानसिक र शारीरिक रूपमा तयार छौँ र हारमा खेलाडीले पनि जिम्मेवारी लिनुपर्छ ।’

चेम्जोङले मैत्रीपूर्ण खेल भए पनि आफूले यो खेललाई हलुका ढंगले नलिने बताएका छन् । ‘इतिहासमै पहिलोपटक अफ्रिकी देशविरुद्ध खेल्न लागेको छौँ,’ उनले भने, ‘दुई दिनको प्रशिक्षण हेर्दा सबै खेलाडी फिट देखेको छु ।’ अखिल नेपाल फुटबल संघ ९एन्फा०ले रंगशालाको सिट क्षमताको एकतिहाइ दर्शकलाई राखेर खेल सञ्चालन गर्ने जनाएको छ । रंगशालाको दर्शक क्षमता १६ हजार ५ सय रहेको छ । शनिबारको खेलमा पाँच हजार दर्शकले मैत्रीपूर्ण खेल रंगशाला पुगेर हेर्ने पाउनेछन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP