अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ११ वर्षपछि नेपालको जित ।
काठमाण्डौ
नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ११ वर्षपछि जित निकालेको छ।
शनिबार दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिससलाई १-० गोलले पराजित गर्दै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितको खडेरी तोडेको हो।सन् २०११ मा भुटानलाई पराजित गरेपछि नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितविहीन थियो। नेपालको जितमा विमल घर्तीमगरको गोल निर्णायक बन्यो। सुमन लामाले दिएको पासमा विमलले ५५ मिनेटमा गोल गरेका हुन्। मरिससका गोलकिपर अगाडि बढेको फाइदा उठाउँदै विमलले उत्कृष्ट फिनिसिङ गरेका थिए।
सन् २०१८ मा बंगलादेशविरूद्ध गोल गरेपछि विमलले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। ४० महिनापछि गोल गरेका विमलको यो नवौं अन्तर्राष्ट्रिय गोल हो। विमलले गोल गरेपछि नेपालले अग्रता दोब्बर बनाउन गरेको प्रयासमा कहिले क्रसबार त कहिले पोल बाधक बन्यो। अन्जन विष्टले डिबक्सबाट उत्कृष्ट प्रहार गर्दा पोलमा लागेको थियो। लगत्तै सुमन लामाको प्रहार बारमा लागेर फर्किएको थियो। रिबाउन्डमा जगजित श्रेष्ठको प्रहारलाई मरिसका गोलकिपरले विफल पारे।
खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो।
पहिलो हाफमा नेपालका लागि सुमन लामाले डिबक्स बाहिरबाट हानेको प्रहार बार नजिकबाट बाहिरिएको थियो।यस्तै विमल घर्तिमगरले डिबक्समा पाएको अवसरमा गरेको क्रस सिधैं मरिससका गोलकिपरको हातमा पुगेको थियो।३५ मिनेटमा मरिससले खेलमा अग्रता लिने अवसर गुमायो। एड्रियन फ्रान्कोइसले डिबक्सबाट हानेको प्रहारलाई नेपालका गोलकिपर किरणकुमार लिम्बूले विफल पारे। ४० मिनेटमा सुनील बलको क्रसमा देवेन्द्र तामाङले डिबक्सभित्रबाट गरेको हेड पनि थोरैले बाहिरिएको थियो।५ मिनेटमा अन्जन विष्टले डिबक्सबाट दोस्रो पोल च्याप्दै प्रहार गरे पनि सफल हुन सकेनन्।
हाल फिफा वरीयताको १६९औं स्थानमा रहेको नेपालले मरिसससँग पहिलो पटक खेलेको हो। फिफा वरीयताको १७२औं स्थानमा रहेकाले मरिससविरूद्ध नेपालले मंगलबार दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


