फरक भिजनले देशमा समृद्धि ल्याउँछ : काँग्रेस उपसभापति गुरुङ
चापाकोट :
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले समृद्धि र विकासका लागी पराकिलो सोँच राख्न आवश्यक रहेको बताउनुभएको छ । चापाकोट नरपालिका ९ सुन्तलीटारस्थित बिपि चोक देखि पाकरी जाने सडकको उद्दघाटन गर्नुहुँदै समृद्धिका लागी भिजन आवश्यक रहेको बताउनुभएको हो ।
उपसभापति गुरुङले भन्नुभयो, ‘चापाकोट र रामपुरलाई जोड्नका लागी सानासाना झोलुंगे पुल र साना पुल होईन, ८ लेनको मोटरेबल पुल आवश्यक छ । यसले स्याङ्जा र पाल्पाको विकासमा ठुलो टेवा पु¥याउँछ ।’ साना साना योजना भन्दा दिर्घकालिन आयोजनाहरुलाई अगाडि बढाउन आवश्यक रहेको भन्दै फरक भिजन र दृष्टिकोणले देशलाई समृद्धि दिने बताउनुभयो ।

देशलाई परिर्वतन गर्न राजनिति गरेको भन्दै वास्तविक नेताले मात्रै जनता र किसानको मर्का बुझ्ने भन्दै विकासमा राजनिति गर्न नहुँने बताउनुभयो । काममा विश्वास गर्नुपर्ने भन्दै जनता धेरै सचेत भएकाले जनताले नै नेता बनाएको बताउनुभयो । काँग्रेसले नेतृत्व गरेको सरकारले ठुला भ्रष्टाचार काण्डलाई छानविन गर्नुपर्ने भन्दै दोषी ठहरिएका जोकोहिलाई पनि कारबाही गर्नुपर्ने बताउनुभयो । भ्रष्टाचार विरुद्ध सरकार माथि उठेमा जनताले फेरि काँग्रेसलाई नै रोज्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति राजु थापा, क्षेत्रीय सभापति दिलिपप्रताप खाँण,वालिङ नगरउपप्रमुख कल्पना तिवारीलगायतल बोल्नुभएको थियो । कार्यक्रम चापाकोट नगरप्रमुख शिवकुमार गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


