प्रदेश २ को राजधानी जनकपुर र नाम मधेस प्रदेश दुई तिहाइ बुहमतले पारित ।

काठमाण्डौ:
स्थापना भएको ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ।
सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुर र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाइ बुहमतले पारित भएको हो।
विशेष संसदीय समितिको नामकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ। प्रदेश सभाको जम्मा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए।
सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो।
यसअघि राजधानीका लागि भएको मतदानमा जनकपुर राजधानी प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो। जनकपुर राजधानीको पक्षमा उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये ७८ जनाले पक्षमा मतदान गरेका थिए भने २१ जनाले विपक्षमा मतदान गरेका थिए।
योसँगै संसदीय समितिले प्रस्ताव गरेका नामहरू ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वतः निष्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरेका थिए।
विचित्र संसार
थप सामाग्री-
सात्विक भोजन के हाे जसले दिन्छ दीघार्यु र निरोगी जीवन
-
विवाह पछि दुलाहाले विदा भई जानु पर्छ दुलहीको घरमा बस्न
-
सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !
-
विवाहमा नाचेको भन्दै बेहुलाले थप्पड हानेपछि बेहुलीले गरिन् दुलाहाकै भतिजसंग बिहे
-
चिम्पाञ्जीको प्रेममा पागल एक युवती

महाशिवरात्रि किन मनाइन्छ ?
३ महिना अगाडि
हिन्दु शास्त्र अनुसार भगवान शिवलाई सबै देवताहरु मध्ये श्रेष्ठ मानिन्छ । ब्रह्माण्डका सबै देवता र मानव जातिले भगवान शिवलाई प्रसन्न…