राष्ट्रिय सभाको सदस्यमा स्याङ्जाका पौडेल निर्वाचित ।

स्याङ्जा :
राष्ट्रिय सभाको निर्वाचनबाट स्याङ्जाका कृष्णप्रसाद पौडेल बिजयी हुनु भएको छ । पौडेल बागमती प्रदेशबाट उमेदवार बन्नुभएको थियो । स्याङ्जाबाट विद्यार्थी राजनीतिक यात्रा प्रारम्भ गर्नु भएका पौडेल काठमाण्डौ बस्दै आउनु भएको छ । पाटी सभापति शेरबहादुर देउवा नजिक रहेका पौडेल २०७२ सालमा देउवा सभापतिमा निर्वाचित भएपछि नेपाली काँग्रेसको मुख्य सचिवमा नियुक्ति हुनु भएको थियो । ५ दलको गठबन्धनको तर्फबाट बागमती प्रदेशबाट पौडेल उमेदवार बन्नु भएको थियो ।
पौडेलले ४७९४ मत प्राप्त गर्नु भएको थियो भने पौडेलका प्रतिस्पिर्धी गोपाल शाक्यले ४३४४ मत पाउनु भएको थियो । ४ सय ५० मतको अन्तरले शाक्यलाई पराजित गर्दै पौडेल राष्ट्रिय सभाको सदस्यमा निवार्चित हुनु भएको हो ।

को हुन् निर्वाचित पौडेल ?
२०१७ सालमा पिता गुरुप्रसाद र माता खुमकुमारी पौडेलको कोखबाट (तत्कालिन दार्सिङ दहथुम गाविस ९) हाल भीरकोट नगरपालिका २ जन्मनु भएको थियो । सानै देखी क्रान्तिकारी पौडेल अन्याय, अत्याचार विरुद्ध खरो उत्रने स्वाभावका थिए । २०३२ सालबाट विद्यार्थी राजनीतिक यात्रा प्रारम्भ गरेका पौडेल बहुदलीय व्यवस्थाको प्रचारप्रसारको क्रममा २०३६ सालमा विपी कोइराला स्याङ्जा आउदा आन्दोलनमा घाइते भएका व्यक्ती हुनुहुन्छ । विपी कोइरालालाई नजिकबाट चिनेका पौडेलले मुलुकको हरेक परिवर्तन र विकास काँग्रेसबाट मात्रै हुनसक्छ भन्ने भावना सानैबाट बुझेको बताउनु हुन्छ । दहथुम माविमा अध्ययन गर्दै गर्दा काँग्रेस नेता खगेन्द्रराज रेग्मी र भोजराज अर्यालको प्रशिक्षणबाट नेविसंघ हुदै काँग्रेसको राजनीतिमा आउनु भएको हो । पौडेल नेपाल शिक्षक संघ काठमाण्डौंको संस्थापक अध्यक्ष, २०३८ सालमा, पिपुल्स क्याम्पसको स्ववियु सभापति, २०७२ सालबाट हाल सम्म काग्रेसको मुख्य सचिव भएर काम गर्दै आउनु भएको छ । व्यवस्थापन संकायमा एमए सम्मको अध्ययन पुरा गरी विद्यावारिधीको तयारीमा रहेका पौडेल काठमाण्डौ स्थित् विष्णुमती कलेजका संचालक, प्रमुख समेत हुनुहुन्छ ।

Facebook Comments Box
TOP