देशभर ६७ लाख ६१ हजार घर परिवार, घर भने जम्मा ५६ लाख ४३ हजार मात्र ।
काठमाण्डौ
देशभर ६७ लाख ६१ हजार ५९ घर परिवार संख्या रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ।
मुलुकभर घरको संख्या भने ५६ लाख ४३ हजार नौ सय ४५ देखाएको छ। ‘एउटै घरमा एकभन्दा बढी परिवार बस्ने गरेको देखियो,’ विभागका उपमहानिर्देशक हेमराज रेग्मीले भने।
यसअनुसार २०७८ मा एक सयवटा घरमा एक सय २० परिवार बस्छ। यसअघि ०६८ मा एक सय घरमा एक सय १८ परिवार बस्ने गरेको थियो। ०६८ मा परिवार संख्या ५४ लाख २७ हजार तीन सय दुई थियो। पछिल्लो १० वर्षमा १३ लाख ३३ हजार पाँच सय ३१ परिवार संख्या थप भएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
४ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…