गौतम बुद्ध विमानस्थल जेठ २ गतेदेखि सञ्चालनमा आउने, जहाजहरू भारत डाइभर्ट हुने समस्यासमेत अन्त्य हुने ।
काठमाण्डौ:
नेपाली आकासमा उडिरहेको विमानमा कुनै प्राविधिक समस्या देखिए अव आकस्मिक अवतरणका लागि काठमाडौं नै आउनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। हाल आकस्मिक अवतरणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार व्यवस्थासहितको त्रिभिुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किनुको विकल्प नरहेको अवस्थामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीले काठमाडौं विमानस्थलमा अवतरणमा समस्या आए पनि अब जहाजहरू भारतको लखनउ डाइभर्ट हुने समस्यासमेत अन्त्य हुन लागेको हो।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै आकासमै होल्ड बस्नुपर्ने तथा हवाई मार्गमा आपत्कालीन अवस्था आइहाले बन्दोबस्तीका सामग्रीसहितको विमानस्थल पछ्याउँदै अब काठमाडौं नै आइरहन पर्ने बाध्यताको समेत अन्त्य हुने भएको छ।
हाल ‘फोम तथा फाएर’ भेहिकलको सुविधासहितको आकस्मिक अवतरणको सुविधा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै छ। सञ्चालनको तयारीमा रहेको गौतमबुद्व विमानस्थलमा पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ०को मापदण्ड अनुसार विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमता अनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्ड रहेकाले ल्यान्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्यांकमा आएका समस्या, विमानको पंखामा आएका समस्या, आगोजन्य समस्या तथा प्रतिकूल मौसमका कारण पनि काठमाडौंमा अवतरण हुन नसकेका जहाज अब भैरहवामै सुरक्षित अवतरण हुन सक्नेछन्। त्यहीँबाटै अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुनेछन्। त्यसका लागि आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीसम्म कुर्नुपर्ने भएको छ।
उक्त विमानस्थल अवको ४२ दिनभित्र सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ। नयाँ विमानस्थल प्राविधिक हिसाबले ठिक छ वा छैन भनी प्रमाणित गर्न यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट)को तयारीका लागि एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई) को विज्ञ टोली नेपाल आइसकेको छ। उक्त टोलीले अहिले विमानस्थलमा आइसिबी टु तर्फको काम गरिरहको छ। आइसिबी टु तर्फको काम सकिएसँगै क्यालिब्रेसन उडान तय हुनेछ। आइसिबी वानतर्फको भौतिक संरचना निर्माणको काम भने चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले सम्पन्न गरिसकेको छ।
भैरहवा विमानस्थलका महानिर्देशक गोविन्द दाहालका अनुसार एरोथाइको विज्ञ टोलीले चेकजाँचसहितको रिपोर्ट नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रमाणित गरेपछि क्यालिब्रिसेन तथा परीक्षण उडान सुरु हुनेछ। त्यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट मान्यताप्राप्त रुट स्थापितको बाटो खुल्नेछ।
विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न, कन्ट्रोल टावरसँग सम्बन्धित उपकरण परीक्षण गर्न, फ्रिक्वेन्सी तय गर्न, सञ्चार, धावनमार्गको एलाइनमेन्ट, पार्किङ वेलगायत क्षेत्रमा जडान भएका विद्युतीय उपकरण, जडान भएका बत्तीले काम गरेका छन् या छैनन्, ग्राउन्ड व्यवस्था, टावरसहित विमानस्थलमा जडित उडान–उपकरणहरूले काम गरे–नगरेको पत्ता लगाउन एरोथाईको विज्ञ टोलीले क्यालिब्रेसन उडान गर्नेछ। त्यसका लागि थाइएरोले उपकरणजडित विशेष जहाज नेपाल आउने छ।
दाहालका अनुसार क्यालिब्रेसन तथा परीक्षण उडान अबको एक महिनाभित्रै सम्पन्न भइसक्नेछ। ‘बुद्ध जयन्तीको अवसरमा विमानस्थल सञ्चालनमा ल्याउनेगरी एरोथाईको विज्ञ टोलीले काम गरिरहेको छ,’ उनले भने, ‘थाइएरोको विज्ञ टोलीले अध्ययनसहितको रिपोर्टको आधारमा क्यालिब्रेसन उडान हुने र त्यसको एकरदुई दिनमै नेपाल एयरलाइन्सको एयरबस जहाजबाट परीक्षण उडान हुनेछ।’
समाचार
थप सामाग्रीदहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
३ दिन अगाडि
भीरकोट : दहथुम बहुमुखी क्याम्पसमा अध्ययनरत ७१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ । भीरकोट नगरपालिकाको आर्थिक सहयोगमा क्याम्पसले शनिबार…