फुटबल रंगशाला बाहिर भिड अनियन्त्रीत हुँदा ६ जनाको मृत्यु, दर्जनौ घाइते ।
एजेन्सी/काठमाण्डौ:
क्यामरूनमा जारी अफ्रिका कप अफ नेशन्सको अन्तर्गत प्रि-क्वाटर फाइनलको खेल हेर्नका रंगशाला बाहिर भेला भएको भिड अनियन्त्रीत हुँदा ६ जनाको मृत्यु हुनुका साथै दर्जन बढी घाइते भएका छन्।
क्यामरून र कोमोरसबीचको अन्तिम १६ को खेल हेर्नका लागि मैदान प्रवेशका क्रममा उक्त घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।सार्वजनिक भएको एक भिडियो फुटेज अनुसार राजधानी योउन्डको नजिक रहेको पाउल विया स्टेडियममा समर्थक र दर्शक मैदान प्रवेशका लागि संघर्ष गरिरहेको देख्न पाइन्छ। क्यामरूनका मध्य क्षेत्रीय गभर्नर पउल वियाका अनुसार मृत्यु हुने मानिसको संख्या बढ्न सक्ने एपीलाई जानकारी दिएका छन्।
अर्को एक रिपोर्टका अनुसार कयौं बच्चाहरु बेहोश भएका छन्।रंगशालाको क्षमता ६० हजार भए पनि कोभिड प्रतिबन्धका कारण ८० प्रतिशत समर्थकलाई मात्र मैदान प्रवेशको अनुमति दिएको थियो।खेल अधिकारीका अनुसार करिब ५० हजार समर्थक मैदान प्रवेशका लागि प्रयासरत थिए।घाइतेको उपचार गराइरहेकी एक नर्स ओलिङ्गा प्रुडेन्सले एपीलाई दिएको जानकारी अनुसार केही घाइतेको अवस्था निकै दयनीय छ।अफ्रिकी फुटबल महासंघ (सीएएफ) ले अहिले घटनाको अनुसन्धान गरिरहेको छ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


