दियालो-सुआहाराद्धारा गल्याङ र भीरकोटमा कृषि सामाग्री हस्तान्तरण ।
स्याङ्जा :
गल्याङ नगरपालिका र भीरकोट नगरपालिकाका कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ । गल्याङ ४ निबुवाखर्क र भीरकोट १ जगतपुरका कृषकसमूहलाई दियालो सुआहाराको तर्फबाट बिभिन्न कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।
जलवायुमैत्री कृषि प्रविधि अभ्यासद्धारा आर्थिक सशक्तीकरण कार्यक्रम अन्तर्गत छुट्टाछुट्टै समूहका लागि कृषि सामाग्री तथा औजारहरु हस्तान्तरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो । जलवायुमैत्री कृषि खेती प्रवद्र्धनका लागि बिभिन्न कृषि औजार हस्तान्तर गरिएको हो ।

भीरकोट १ को कृषक समूहलाई थोपा सिंचाई सेट,टनेल प्लास्टिक र मल्चिङ प्लास्टिक ११/११ थान, गुमोज प्लास्टिक १० थान,प्लास्टिक क्रेट पाँच थान,पालिपट ३ थान र हजारी तथा बिउबिउजन प्रदान गरिएको हो ।
भीरकोट १ मा भएको कृषि सामाग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र केसी,दियालो संस्थाका अध्यक्ष कविता तिवारी,सुआहारा गण्डकी प्रदेश कृषि संयोजक अर्जुन सुवेदी, दियालो संस्थाका कोषाध्यक्ष सीता डुम्रे,सदस्य चण्डीका साप्कोटा,दियालो सुआहारा परियोजना प्रमुख ओमसुव गुरुङ लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै गल्याङ ४ को कृषक समूहलाई टनेल प्लास्टिक ११ थान,गुमोज प्लास्टिक १० मिटर, प्लास्टिक क्रेट पाँच थानm पोलिपट बिउबिजन आदि प्रदान गरिएको छ ।
कार्यक्रममा वडा अध्यक्ष नेत्र प्रसाद पाण्डे,दियालो संस्थाका अध्यक्ष कविता तिवारी,सुआहारा प्रदेश कृषि संयोजक अर्जुन सुवेदी, स्थानीय समाजसेवी मणि प्रसाद न्यौपाने,ढाकाराम न्यौपाने, दियालो सुआहाराका प्रवन्धक ओमसुव गुरुङ, प्रमिला सुवेदी लगायतको सहभागिता रहेको थियो ।


समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


