मापसे गरि चलाएको गाडीको ठक्करबाट स्याङजा फेदीखोलाका ४० वर्षीय सुनिल गुरुङको मृत्यु ।

accident death

पोखरा:

पोखरा लेकसाइस्थित बगैंचा मार्गमा हिँडिरहेका पैदल यात्रीलाई रक्सीले मातेर चलाएको हाइलक्सले ठक्कर दिँदा स्याङजा फेदीखोलाका ४० वर्षीय सुनिल गुरुङको मृत्यु भएको छ । दुर्घटनामा एक स्कुटर चालक पनि गम्भीर घाइते भएका छन् ।

अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरिएको सडक महोत्सवमा रक्सीले मातेर लेखनाथका २९ वर्षीय चालक सुवास विकले चलाएको ग २ च १११८ नम्बरको हाइलक्सले ठक्कर दिँदा पैदलयात्रा गरेका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवम् प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

सडक महोत्सवमा रक्सी सेवन गरेर राती सवा १ बजे फर्कने क्रममा विकले चलाएको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा मेट्रो सिटी अस्पतालमा मृत्यु भएको डिएसपी तिवारीले बताए ।  प्रहरीका अनुसार चालक सुवासले मादक पदार्थ सेवन गरी अनियन्त्रित रुपमा गाडी चलाउँदा आधादर्जन भन्दा बढी पाकिङ गरेका कार, स्कुटरमा सवार यात्रु र पैदल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक पोखरा काहुँखोलाकी सरिना बराल गम्भीर घाइते भएकी छन् । उनको खुट्टा भाँचिएको अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments Box
TOP