क्रिकेट खेलाडीमाथिको आर्थिक प्रतिबन्ध हट्यो ।
काठमाण्डौ:
नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२२ को केन्द्रीय सम्झौताको ग्रेड सार्वजनिक गरेको छ । क्यानको भैरहवामा हालै सम्पन्न बोर्ड बैठकले सन् २०२२ को पुरुष तथा महिला केन्द्रीय सम्झौतासहित ग्रेड सार्वजनिक गरेको हो । यससँगै क्यान र खेलाडीबीचको गे्रडसम्बन्धी विवाद पनि समाप्त भएको छ । नयाँ ग्रेडअनुसार ए वर्गमा कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी रहेका छन् ।
गत मंसिरमा मिडियामा टिप्पणी दिएकै आधारमा क्यानको अनुशासन कमिटीले तत्कालीन कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह, सोमपाल र कमलसिंह ऐरीलाई कारबाही गर्दै सन् २०२२ को प्रारम्भिक ६ महिनाको तलब नपाउने निर्णय गरेको थियो । साथै अनुशासन कमिटीले ज्ञानेन्द्र र दीपेन्द्रसिंहको जिम्मेवारीसमेत खोसेको थियो । क्यानले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीका नयाँ कप्तान बनाइएको थियो ।
गत महिना प्रधानमन्त्री, राजनीति दलदेखि विभिन्न समूहद्वारा निर्णय सच्याउनुपर्ने दबाब क्यानमाथि आएको थियो । त्यसपछि नै क्यानका पदाधिकारी, प्रमुख प्रशिक्षक तथा खेलाडीबीच वार्ता भएको थियो । सो वार्तामा क्यानले आफूहरू खेलाडीमाथि गरिएको कारबाहीप्रति लचिलो हुने जनाएको थियो । क्यानका कार्यकारी सचिव प्रशान्तविक्रम मल्लले अध्यक्ष, मुख्य प्रशिक्षक तथा खेलाडीहरूको वार्तापछि नै नयाँ ग्रेड सार्वजनिक भएको जानकारी दिएका छन् ।
‘त्यसवेला मुख्य विवाद भनेकै सोमपालको ग्रेडिङ थियो, वार्तामा उहाँ ९खेलाडी०हरूले गल्ती स्विकार्नुभएको थियो,’ मल्लले बिहीबार नयाँ पत्रिकासँग भने, ‘सोमपाल पछिल्लो ग्रेडिङमा नपर्नुको कारण थाहा पाउनुभयो, त्यसपछि उहाँहरूले ग्रेडसम्बन्धी सबै कुरा मान्नुभयो, अनुशासन कमिटीले गरेको कारबाही एउटा पाटो थियो, हामीले कहिले पनि खेलाडीहरूमाथि नराम्रो सोच बनाएका छैनौँ, खेलाडीहरूलाई आर्थिक घाटा पुर्याउने सोच नै छैन, सधैँ उहाँहरूकै भलो निमित्त क्यान काम गर्ने संस्था हो,’ मल्लले भने ।
खेलाडीमाथिको कारबाही फिर्ता हुनुमा मुख्य प्रशिक्षक पुबुदु दासानायकेको मुख्य भूमिका रहेको छ । ‘मुख्य प्रशिक्षकले पनि प्रतिबन्ध हटाउन भन्नुभएको थियो, समग्रमा सबैबीचको सौहार्दपूर्ण छलफलमै हामीले खेलाडीमाथिको आर्थिक प्रतिबन्ध हटाएका हौँ,’ मल्लले भने ।
ग्रेडिङमा परेका खेलाडीहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अघिल्लोपटक ग्रेडकै कारण खेलाडीहरूले केन्द्रीय सम्झौतामा हस्ताक्षर गरेका थिएनन् । ‘योपटक सबै खेलाडीहरूले यसै जनवरी महिनामै सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन्,’ मल्लले भने, ‘आइसिसीबाट रकम आएपछि खेलाडीहरूले ६ महिनाको पारिश्रमिक पाउनेछन् ।’
यसैबीच क्यानले असोजमा आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा टोलीमा भएका तीव्र गतिका बलर विक्रम सोब, गुलशन झा र रोहितकुमार पौडेललाई जनही एक लाख दिने निर्णय गरेको छ । यी तीनजना खेलाडी राष्ट्रिय टोलीको भ्रमणमा रहे पनि २०२१ को अन्तिम ६ महिना केन्द्रीय खेलाडी ग्रेड सम्झौतामा थिएनन् । बैठकले महिला क्रिकेट टोलीकी विकेटकिपर ज्योति पाण्डेलाई ५० हजार दिने निर्णय गरेको छ । स्पिनर ललितनारायण राजवंशीको उपचार खर्चमा क्यानले १ लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ । धनगढीमा गर्ने निर्णय गरेको छ ।
२०२२ को केन्द्रीय खेलाडी सम्झौता
पुरुषतर्फ:
ग्रेड ए: सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी (मासिक ५० हजार)
ग्रेड बी: कुशल भुर्तेल, आसिफ शेख, शरद भेसवाकर, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी (मासिक ४० हजार)
ग्रेड सी: कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशान भारी र पवन सर्राफ (मासिक ३० हजार)
महिलातर्फ:
ग्रेड ए :रुविना क्षेत्री बेलबासे, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी (मासिक १५ हजार)
ग्रेड ब: सरिता मगर, कविता कुँवर, अप्सरी वेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे (मासिक १२ हजार)
ग्रेड सी: डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल (मासिक १० हजार)
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


