योजनाको अवस्था तथा सेवा प्रवाह बुझ्न मेयर गिरी टोलटोलमा पुग्दै ।

वालिङ, माघ ६ गते :
स्याङ्जाको चापाकोट नगर प्रमुख शिबकुमार गिरी नागरिकसँग भेटघाट गर्दै घरघरमा पुग्नु भएको छ । नगरपालिकाबाट सञ्चालन हुँदै आएका योजना तथा सेवा प्रवाह लगायतको अवस्था बुझन नगर प्रमुख गिरी नागरिकका घरघरमा पुग्न थाल्नु भएको हो ।
सिमित साधनश्रोत प्रयोग गरी चापाकोट नगरवासीको जिवनस्तर उकास्न आफूहरु खटिरहेको भन्दै गिरीले जनताको समस्या बुझ्ने र सोही अनुशार थप योजना बनाउन घरदैलोमा हिडेको जानकारी दिनुभयो ।
चापाकोट ५ को गिल्लाङ्ग गन्जरबासीको जन–गुनासो र समस्याको सामाधान गर्न प्रमुख गिरी सो क्षेत्रमा पुग्नु भएको नगरपालिकाले जनाएको छ ।
उर्बर समथर भुभाग धेरै रहेको चापाकोट सँगै पहाडी बस्ती धेरै रहेको नगरपालिकाले दीर्घकालिन योजना बनाएर काम गर्न शुरु गरेको जनाएको छ । चापाकोट बजार क्षेत्र कालोपत्रे गर्ने काम भईरहेको प्रमुख गिरीले बताउनु भयो । संघ तथा प्रदेश सरकारसँग मिलेर हामीले काम गरिरहेका छौं,उहाँले भन्नुभयो ।
गाँउगाँउमा काम शुरु भएका र आवश्यक बजेट अभावमा पुरा हुन नसकेको योजनाहरु पुरा गर्ने योजना अनुशार नगरका १० वटै वडामा अनुगमन भईरहेको प्रमुख गिरीले बताउनु भयो ।


अनुगमन तथा निरिक्षणका क्रममा नगरप्रमुख गिरीले वडा नम्वर ५ को जन–जागृती महिला समुहले नगरको बजेटमा निर्माण शुरु गरेको भवनलाई पूर्णता दिने बताउनु भएको छ । उहाँले नगरका तर्फबाट यस बर्ष रु ५ लाख व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको नगरपालिका प्रेस संयोजक विश्व भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईका अनुसार गिल्लाङ्ग गन्जर चिठी पोखरी सडकको लागि नगरपालिकाले डोजर साथै तेलको लागि दश लाख, भलिबल खेल मैदानको लागि दुई लाख दिने प्रतिबद्धता साथै तत्काल योजना सम्झौता गरि काम सुचारु गर्न स्थानीयलाई नगर प्रमुखले आग्रह गर्नु भएको छ । हरेक वडामा समस्या बुझ्न नगर प्रमुखले तालिका बनाएर घरदैलो गर्ने अभियानमा लाग्ने नगर प्रमुख गिरीले बताउनुभयो ।

Facebook Comments Box
TOP