समाजको बिकासमा एकजुट हुनु पालिका साथमा छ : नगर प्रमुख गिरी
चापाकोट :
चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले समाजको बिकासमा एकजुट हुन सबैलाई आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो,‘समाजको बिकासमा हजुरहरु एकजुट हुन पालिका हजुरहरुको साथमा छ ।’
चापाकोट नगरपालिका वडा नम्वर ८ मा रहेको प्रगतीशील आमा समूहको नवनिर्मति भवनको उद्घाटन गर्दै नगर प्रमुख गिरीले महिला, जनजाती तथा पछाडि परेको समूहलाई अगाडि बढाउन आफूहरु लागि परेको बताउनु भयो ।

प्रमुख गिरीले कसैले हावादारी कुरा गर्यो भने त्यसको पछाडि नलागि अगाडि बढ्न समेत आग्रह गर्नुभयो, उहाँले भन्नुभयो, ‘यहाँ अनेकथरी हावा र बनावटी कुरा गर्ने मान्छे छन् उनीहरुसँग बच्न जरुरी छ,उनीहरु केवल आफ्नो स्वार्थका लागि काम गरिरहेका हुन्छन् ।’
कार्यक्रममा वडा अध्यक्ष नवराज श्रेष्ठ, कार्यपालिका सदस्य सूर्य माझी लगायतले बोलेका थिए ।
कार्यक्रम प्रगतीशील आमा समूहका अध्यक्ष सीता थापाको सभापतित्व, स्वागत राजन डोटेलले र सञ्चालन माधव भट्टराईले गर्नु भएको थियो ।
नगरपालिकाको रु तीन लाख र स्थानीयको जनश्रमदानमा भवन निर्माण गरिएको नगरपालिकाका प्रेस संयोजक बिश्व प्रकाश भट्टराईले जानकारी दिनुभयो ।


समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


