समाजको बिकासमा एकजुट हुनु पालिका साथमा छ : नगर प्रमुख गिरी
चापाकोट :
चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले समाजको बिकासमा एकजुट हुन सबैलाई आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो,‘समाजको बिकासमा हजुरहरु एकजुट हुन पालिका हजुरहरुको साथमा छ ।’
चापाकोट नगरपालिका वडा नम्वर ८ मा रहेको प्रगतीशील आमा समूहको नवनिर्मति भवनको उद्घाटन गर्दै नगर प्रमुख गिरीले महिला, जनजाती तथा पछाडि परेको समूहलाई अगाडि बढाउन आफूहरु लागि परेको बताउनु भयो ।

प्रमुख गिरीले कसैले हावादारी कुरा गर्यो भने त्यसको पछाडि नलागि अगाडि बढ्न समेत आग्रह गर्नुभयो, उहाँले भन्नुभयो, ‘यहाँ अनेकथरी हावा र बनावटी कुरा गर्ने मान्छे छन् उनीहरुसँग बच्न जरुरी छ,उनीहरु केवल आफ्नो स्वार्थका लागि काम गरिरहेका हुन्छन् ।’
कार्यक्रममा वडा अध्यक्ष नवराज श्रेष्ठ, कार्यपालिका सदस्य सूर्य माझी लगायतले बोलेका थिए ।
कार्यक्रम प्रगतीशील आमा समूहका अध्यक्ष सीता थापाको सभापतित्व, स्वागत राजन डोटेलले र सञ्चालन माधव भट्टराईले गर्नु भएको थियो ।
नगरपालिकाको रु तीन लाख र स्थानीयको जनश्रमदानमा भवन निर्माण गरिएको नगरपालिकाका प्रेस संयोजक बिश्व प्रकाश भट्टराईले जानकारी दिनुभयो ।


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


