दक्षिण अफ्रिकासँग हारेपछि भारतीय क्रिकेटको कप्तानीबाट विराट कोहलीको राजीनामा ।
काठमाण्डौ
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले कप्तानीबाट राजीनामा दिएका छन् । दक्षिण अफ्रिका सिरिजमा लज्जास्पद हारपछि विराटले राजीनामा घोषणा गरेका हुन् ।
शनिबार उनले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । विराटले आफूलाई कप्तानको रुपमा विश्वास गरेकोमा पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई धन्यवादसमेत दिएका छन् । साथै टोलीका सबै खेलाडीलाई उनले धन्यवाद दिए । उनले आफूले खेलसहित हरेक काममा १२० प्रतिशत मेहनत लगाउने गरेको पनि आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् । कोहलीलाई यसअघि दक्षिण अफ्रिका सँगको टेस्ट सिरिजअघि नै वान डेको कप्तानीबाट हटाइएको थियो ।
विराटले टिमलाई सही दिशामा बढाउन ७ वर्षसम्म आफूले हरेक दिन कठिन मेहनत गरेको बताएका छन् । साथै यस क्रममा आफूले इमानदारी साथ काम गरेको र यसमा कुनै कसर बाँकी नराखेको उनको भनाइ छ । ” टिमलाई सही दिशामा लैजानका लागि मैले ७ वर्षसम्म हरेक दिन कठिन परिश्रम गरें । मैले आफ्नो काम पूर्ण इमानदारीसाथ गरें । यसमा कुनै कसर छोडिनँ । म सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहन्छु, ” विराटले विज्ञप्तिमा भनेका छन् । यस्तै उनले आफ्नो टोलीलाई कहिल्यै धोका दिन नसक्ने पनि विज्ञप्तिका उल्लेख गरेका छन् । साथै उनले भारतीय क्रिकेट बोर्डलाई पनि धन्यवाद दिएका छन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


