भीरकोट नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न ।

वालिङ :
भीरकोट नगरपालिकाले प्रदान गर्ने सेवा, सुविधा र प्रभावकारीता विषयक आ.व. २०७७ ÷०७८ को तेस्रो र आ.व. २०७८ ०८९ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीहरुकोे प्रश्नको जवाफ दिनुँहुँदै नगर प्रमुख छायाराम खनालले नगरवासीको जन चाहाना अनुरुप योजना देखी अन्य विकास निर्माणको काम गर्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो,‘आगामी दिनमा पनि साथ सहयोगको आपेक्षा राखेको छौं ।’
नगरपालिकाले चार वर्षको अवधीमा उल्लेखिय कार्य गरेको भन्दै विकास निर्माणको कार्यलाई तिव्रता पाएको प्रमुख खनालको भनाई छ । नागरीकले नगरपालिकाको हरेक गतिविधिहरु सहजै रुपमा थाहा पाउने व्यवस्था, प्रदान गर्ने सेवा ,सुविधाहरु पार्दसिता र शुशान रुपमा प्रदान गरीएको,वडा कार्यालय,स्वास्थ्य चौकी निर्माण, वालमैत्री घोषणा संगै कार्यान्वयनमा ल्याएको उहाँले वताउनुभयो ।


आगामी दिनमा घरघरमा नगरपालिका कार्यक्रम संचालन गर्ने प्रमुखले वताउनुभयो ।
कार्यक्रममा नगर उप प्रमुख सिमा केसी कर्माचार्य, प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुषाल,वडा अध्यक्ष, नेपाली कांगे्रसका प्रतिनिधि नन्दलाल भुषाल, नेकपा एमालेका प्रतिनिधि पर्वत खाम्चा, नेकपा माओवादी केन्द्रका सचिव रमेस ढुङ्गगाना, भीरकोट उवासंघका अध्यक्ष, जगदिस प्रसाद कोइराला लगाएतले आफ्ना भनाई राख्नुभएको थियो । भीरकोट नगरपालिका वडा न २ का वडा अध्यक्ष कमल त्रिपाठीको स्वागत संगै शुरु भएको कार्यक्रमको संचालन वास स्याङजा शाखाका अध्यक्ष एंव सहजकर्ता एशिव शरण महतले गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न संघ संस्था प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP