भीरकोट नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न ।

वालिङ :
भीरकोट नगरपालिकाले प्रदान गर्ने सेवा, सुविधा र प्रभावकारीता विषयक आ.व. २०७७ ÷०७८ को तेस्रो र आ.व. २०७८ ०८९ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीहरुकोे प्रश्नको जवाफ दिनुँहुँदै नगर प्रमुख छायाराम खनालले नगरवासीको जन चाहाना अनुरुप योजना देखी अन्य विकास निर्माणको काम गर्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो,‘आगामी दिनमा पनि साथ सहयोगको आपेक्षा राखेको छौं ।’
नगरपालिकाले चार वर्षको अवधीमा उल्लेखिय कार्य गरेको भन्दै विकास निर्माणको कार्यलाई तिव्रता पाएको प्रमुख खनालको भनाई छ । नागरीकले नगरपालिकाको हरेक गतिविधिहरु सहजै रुपमा थाहा पाउने व्यवस्था, प्रदान गर्ने सेवा ,सुविधाहरु पार्दसिता र शुशान रुपमा प्रदान गरीएको,वडा कार्यालय,स्वास्थ्य चौकी निर्माण, वालमैत्री घोषणा संगै कार्यान्वयनमा ल्याएको उहाँले वताउनुभयो ।
आगामी दिनमा घरघरमा नगरपालिका कार्यक्रम संचालन गर्ने प्रमुखले वताउनुभयो ।
कार्यक्रममा नगर उप प्रमुख सिमा केसी कर्माचार्य, प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुषाल,वडा अध्यक्ष, नेपाली कांगे्रसका प्रतिनिधि नन्दलाल भुषाल, नेकपा एमालेका प्रतिनिधि पर्वत खाम्चा, नेकपा माओवादी केन्द्रका सचिव रमेस ढुङ्गगाना, भीरकोट उवासंघका अध्यक्ष, जगदिस प्रसाद कोइराला लगाएतले आफ्ना भनाई राख्नुभएको थियो । भीरकोट नगरपालिका वडा न २ का वडा अध्यक्ष कमल त्रिपाठीको स्वागत संगै शुरु भएको कार्यक्रमको संचालन वास स्याङजा शाखाका अध्यक्ष एंव सहजकर्ता एशिव शरण महतले गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न संघ संस्था प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…