फुटबल रंगशाला बाहिर भिड अनियन्त्रीत हुँदा ६ जनाको मृत्यु, दर्जनौ घाइते ।
एजेन्सी/काठमाण्डौ:
क्यामरूनमा जारी अफ्रिका कप अफ नेशन्सको अन्तर्गत प्रि-क्वाटर फाइनलको खेल हेर्नका रंगशाला बाहिर भेला भएको भिड अनियन्त्रीत हुँदा ६ जनाको मृत्यु हुनुका साथै दर्जन बढी घाइते भएका छन्।
क्यामरून र कोमोरसबीचको अन्तिम १६ को खेल हेर्नका लागि मैदान प्रवेशका क्रममा उक्त घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।सार्वजनिक भएको एक भिडियो फुटेज अनुसार राजधानी योउन्डको नजिक रहेको पाउल विया स्टेडियममा समर्थक र दर्शक मैदान प्रवेशका लागि संघर्ष गरिरहेको देख्न पाइन्छ। क्यामरूनका मध्य क्षेत्रीय गभर्नर पउल वियाका अनुसार मृत्यु हुने मानिसको संख्या बढ्न सक्ने एपीलाई जानकारी दिएका छन्।
अर्को एक रिपोर्टका अनुसार कयौं बच्चाहरु बेहोश भएका छन्। रंगशालाको क्षमता ६० हजार भए पनि कोभिड प्रतिबन्धका कारण ८० प्रतिशत समर्थकलाई मात्र मैदान प्रवेशको अनुमति दिएको थियो। खेल अधिकारीका अनुसार करिब ५० हजार समर्थक मैदान प्रवेशका लागि प्रयासरत थिए।घाइतेको उपचार गराइरहेकी एक नर्स ओलिङ्गा प्रुडेन्सले एपीलाई दिएको जानकारी अनुसार केही घाइतेको अवस्था निकै दयनीय छ।अफ्रिकी फुटबल महासंघ (सीएएफ) ले अहिले घटनाको अनुसन्धान गरिरहेको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


