आँधीखोला लघुवित्तको अध्यक्षमा पुन: नरेश केसी

स्याङ्जा :
स्याङ्जा जिल्लामा स्थापना गरी देशका ११ जिल्लामा वित्तिय कारोवार गर्दै आएको आँधीखोला लघुवित्त वित्तिय संस्थाको अध्यक्षमा पुन नरेश केसी चयन भएका छन् । आँधिखोला लघुवित्त वित्तीय संस्थाको पाँचौ साधरण सभाले अध्यक्षमा केसीलाई पुन सर्वसहमतिबाट चयन गरिएको हो । स्याङ्जाको वालिङमा शनिवार भएको साधरणसभाले संस्थापकबाट संचालक सदस्यहरुमा श्यामविक्रम खाँण र सावित्रा दवाडी पौडेल चयन भएका छन् । सभामा संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसीद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरिएको संस्थाका कम्पनी सचिव वावुराम कुँवले जानकारी दिए । सभाले लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७÷०७८ को वासलत, नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरिएको कुँवरले बताए ।
साथै ,सभाले राष्ट्र वैंकको स्वीकृत बमोजिम २० प्रतिशत बोनस शेयर स्वीकृत गरेको छ । साधरण सभाको संचालन कम्पनी सचिव वावुराम कुँवरले गरेका थिए भने कार्यक्रमको उद्धघाटन संचालक समितिका अध्यक्ष नरेश केसीले गरेका थिए भने, स्वागत मन्तव्य संचालक दिपेन थापा, धन्यवाद ज्ञापन संचालक केहर सिंह केसीले गरेका थिए । हाल ११ जिल्लामा १९ कार्यालय मार्फत २ प्रदेशमा कार्यक्रम संचालन गर्दै आएको र हालै वाग्लुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था संग गरेको मर्जर प्रक्रिया अगाडी बढेको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले वताए । हाल यो संस्थाको प्रधान कार्यालय भीरकोट नगरपालिका १ बयरघारीमा रहेको छ ।

 

Facebook Comments Box
TOP