गण्डकी प्रदेश भित्रका ३० वटा होमस्टेलाई प्रदेश सरकारको १० लाखका दरले नगद अनुदान ।

krishna chandra nepali gandaki

पोखरा:
गण्डकी प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रदेश भित्रका ३० वटा होमस्टेलाई होमस्टे परियोजनाका लागि छनोट गरेको छ । प्रदेश भित्रका कुल ६२ वटा होमस्टेले परियोजनाका लागि माग दाबी गरेर पठाएकोमा आइतबार प्रदेशस्तरीय मन्त्रिपरिषद्को निर्णयले ३० वटा होमस्टेलाई परियोजनामा छनोट गरेको हो ।

छनोटमा परेका ३० वटा होमस्टेलाई प्रति होमस्टे १० लाखका दरले नगद अनुदान उपलब्ध गराउन समेत प्रदेश मन्त्रिपरिषद्ले पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । यीमध्ये दुई वटा होमस्टेलाई भने प्रदेश सरकारले एउटालाई ७ लाख ८४ हजार र ९ लाख ९८ हजार मात्र उपलब्ध गराउन मन्त्रालयलाई भनेको छ ।

Facebook Comments Box
TOP