कांग्रेस महामन्त्रीमा दुई युवा: गगन र विश्वप्रकाश निर्वाचित ।
काठमाण्डौ:
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित भएका छन्। बिहीबार सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा गरिएको मतगणना परिणामअनुसार दुई महामन्त्री पदमा थापा र शर्मा निर्वाचित भएका हुन्। थापाले सबैभन्दा बढी ३०२३ र शर्माले १९८४ मत प्राप्त गरेका छन्। निर्वाचित थापाले डा. शेखर कोइराला प्यानल र शर्माले प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दर्ता गराएका थिए।
यस्तै, महामन्त्रीमा उम्मेदवार रहेका प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गरेका छन्। महामन्त्रीका लागि कुल ४६८२ मत खसेको थियो। खसेको मतमध्ये ४३ मत बदर भएको छ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


