वालिङमा एक हप्ते हाते ट्याक्टर मर्मत तालिम शुरु ।
वालिङ :
वालिङमा हाते ट्याक्टर मर्मत तालिम शुरु भएको छ । तालिमको शुभारम्भ गर्दै वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले आधुनिक प्रविधिको अधिकतम प्रयोगले उत्पादन बढाउन सकिने बताउनु भयो । उहाँले भन्नुभयो,‘अव कृषकहरुले जमना अनुशारको प्रविधिको प्रयोग गर्नु पर्दछ ।’ कृषकहरुलाई खनजोतको लागि सहज गराउन हाते ट्याक्टर बितिरण गरिरहेको जानकारी गराउदै नगरप्रमुख खाँणले यसको सहि समयमा मर्मत र स्याहार नहुँदा छिट्टै प्रयोगहिन हुने अवस्थामा पुग्ने गरेको बताउनु भयो ।
नगर प्रमुख खाँणले कृषि कामका लागि गाँउगाँउ पुर्याईएको हाते ट्याक्टर गाँउमा नै मर्मत गर्न सक्षम बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सानो मर्मतका लागि बजारसम्म ल्याई पुर्याउदा कृषकहरुलाई घाटा हुन पुग्यो त्यसैले गाँउगाँउमा नै ट्याक्टर चलाउन सक्ने व्यक्ति तयार गर्दैछौं ।

कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले हाते ट्याक्टर चलाउन मात्रै नभई घर गाँउमा नै सामान्य मर्मत गर्न जान्दा मात्रै पनि ठुलो रकमको बचत हुने धारणा राख्नुभयो ।
प्रविधिको प्रयोगले वातावारण संरक्षणको आयामलाई बिर्सन नहुने भन्दै अर्यालले गाँउगाँउमा बिग्रिएर बसेका हाते ट्याक्टरहरु तालिम पश्चात प्रयोगमा आउने बिश्वास व्यक्त गर्नु भयो ।
दीगो बिकासको लक्ष प्राप्तीका लागि सबैले काम गर्नु पर्ने बताउदै अर्यालले ‘कसैलाई पनि पछाडि नछाडौं’ भन्ने नारालाई सार्थक बनाउनु पर्ने भनाई राख्नुभयो ।
सीप सिकाउन र सफल उद्यमी बनाउनका लागि नगरपालिकाको सहकार्यमा उद्यमशीलता,व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईविक सञ्चालनमा आएको भन्दै अर्यालले यसबाट सबैलाई फाईदा लिन आग्रह गर्नुभयो ।

कृषकको माग र आवश्यक्ताका आधारमा हाते ट्याक्टर मर्मत तालिम राखिएको भन्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नु भयो ।
कार्यक्रममा वालिङ नगरपालिका कृषि शाखाका निमित्त प्रमुख केश बहादुर थापाले तालिम पश्चात गाँउगाँउमा त्यसै फालिएका ट्याक्टरहरु प्रयोगमा आउने बिश्वास व्यक्त गर्नु भयो ।

वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत पावरटिगरिएकालर हाते ट्याक्टर मर्मत संवन्धी तालिम शुरु भएको हो ।
तालिममा वालिङ नगरपालिकाका १४ वटै वडाका ५० जना युवा कृषक तथा उद्यमीहरुको सहभागिता रहेको छ । सात दिने तालिम दुई सिफ्टमा सञ्चालन हुने परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


