बजार क्षेत्रमा कौशी खेती प्रवर्द्धन गर्दै वालिङ नगरपालिका ।

स्याङजा :
वालिङ नगरपालिकाको बजार क्षेत्रमा कौशी खेती प्रवर्द्धन गरिने भएको छ । बजारमा घर मात्रै भएका तथा तरकारी लगाउने ठाँउ नभएका परिवारलाई लक्षित गर्दै यो अभियान शुरु गरिएको हो ।
बजार क्षेत्रमा रहेका घर घरमा कम्पोष्ट मल बनाउने र अगार्निक रुपमा कौशी खेती गर्न प्रेरित गर्ने गरी नगरपालिकाले काम शुरु गरेको नगर प्रमुख दिलिपप्रताप खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बजार क्षेत्रमा कौशी खेती प्रवर्द्धन गर्छाै भने गाँउ गाँउमा जग्गामा नै खेतीको प्रवद्र्धन गछौं ।’ नगरपालिकाले बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर कृषि तथा पशुपालनको व्यवशायिकताका लागि बिभिन्न कामहरु गरिरहेको प्रमुख खाँणले बताउनु भयो ।


अभियान अन्तर्गत नगरपालिकाको बजार क्षेत्र भित्र अर्गानिक कौशी खेती प्रवर्द्धनका लागि कम्पोष्ट बिन बितरण गरिएको छ । पहिलो चरणमा बजार क्षेत्रका २ सय ५० घरमा कम्पोष्ट बितरण गरिएको छ । प्रत्येक घरका एक एक जनालाई कम्पोष्ट मल बनाउने र कौशी खेती गर्ने तरिका समेत सिकाईएको छ ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारीमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको हरियाली पुनःउत्थान परियोजना अन्तर्गत कौशी खेती र अर्गानिक खेती प्रवर्द्धनका लागि कम्पोष्ट बिन बितरण गरिएको हो ।


कम्पोष्ट बिन बितरण गर्दै युएनडिपी नेपालका लुम्विनी र गण्डकी प्रदेश प्रमुख सुदिप अर्यालले बिनको प्रयोगले शहरबजार सफा हुनुको साथै अर्गानिक खेतीको समेत प्रवद्र्धन हुने बताउनु भयो । उहाँले बजारका घरघरमा नै कम्पोष्ट मल बनाउन प्रेरित गरी कौशी खेती गर्न सहयोग गर्ने कार्यक्रमको लक्ष्य रहेको बताउनु भयो । जग्गा जमिन भएकाहरुलाई जग्गामा नै अर्गानिक खेती गरी मनग्य आम्दानी गराउने नगरपालिकाको योजनामा आफूहरु सहकार्य गरिरहेको बताउनु भयो ।
नगरपालिकामा सञ्चालन भईरहेको उद्यमशीलतला,व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईविकको बिभिन्न पक्षका बारेमा प्रदेश प्रमुख अर्याल जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा वालिङ प्रोडक्ट होल्डिङका अध्यक्ष याम बहादुर गुरुङले नगरका १४ वटै वडामा गड्यौले मलको कार्यक्रम समेत सञ्चालन भईरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा परियोजना टिम लिडर नेत्र प्रसाद सुवेदी,ईविक अधिकृत शुष्मा वोस्ती, मैना रेग्मी लगायतले बोलेका थिए । तालिममा प्राविधिक डिल बहादुर गुरुङले प्रशिक्षण दिनु भएको थियो ।

Facebook Comments Box
TOP