वालिङका बिभिन्न वडामा नर्सरी व्यवस्थापन तालिम ।

वालिङ:
वालिङ नगरपालिकाका बिभिन्न वडामा नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । कृषकहरुको माग र आवश्यक्ताका आधारमा गाँउगाँउमा मौसमी तथा बेमौसमी तरकारीको नर्सरी तालिम सञ्चालन गरिएको हो । कृषकका खेत तथा बारीमा नै गएर प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको हो ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत वडा तहमा नर्सरी तालिम सञ्चालन गरिएको हो ।


तालिममा कृषकलाई तरकारी लगाउने तरिका,बर्नाको संरक्षण र रोपण लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिएको परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।
कृषकहरुको माग र वडाको सिफारिसका आधारमा तालिम सञ्चालन भईरहेको संस्थाले जानकारी दिनुभयो ।
तालिममा दियालो÷युएनडिपीका प्राविधिकहरु शोभाकान्त पाण्डे र राजेन्द्र प्रसाद लामिछाने लगायतले प्रशिक्षण गरेका थिए ।

Facebook Comments Box
TOP