ओलीको ‘भ्यू टावर’ न उपयोगिता, न सम्पन्नता ।

झापा
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत झापाको दमकमा ‘भ्यू टावर’ निर्माणमा चासो देखाए । समथल उक्त क्षेत्रमा भ्यू टावरको उपयोगिता नरहने भन्दै सरोकारवालाले उक्त रकम विकास निर्माणमा प्रयोग गर्न सुझाएका थिए । तर भ्यू टावर नै निर्माण गर्ने हुटहुटी देखाइए पनि निर्माण सम्पन्न हुने समय सकिन लाग्दा समेत निर्माणको काम ५० प्रतिशत मात्र पूरा भएको छ ।
भ्यू टावर निर्माणको काम २०७६ साउन महिनाबाट सुरू भएको थियो भने यही पुस मसान्तसम्ममा सम्पन्न गर्ने सम्झौता छ । संघीय सरकारका ठूला योजना हेर्ने कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजना झापाका अनुसार हालसम्म भ्यू टावरमा ६० करोड खर्च भइसकेको छ । ‘भ्यू टावर’ निर्माणको जिम्मा आशिष ओम साईराम कन्स्ट्रक्सन प्रालिले लिएको छ । कोभिडका कारण बिचमा काम गर्न नसकिएकाले निर्माणले गति लिन नसकेको निर्माण कम्पनीको भनाइ छ । इन्जिनियर सूर्यनारायण साहले ‘भ्यू टावर’ निर्माण सम्पन्न गर्ने सम्झौता अब एक महिना बाँकी रहँदासम्म ‘भ्यू टावर’ निर्माणको भौतिक प्रगति ५० प्रतिशतमात्र हुन सकेको स्वीकारे । बाँकी रहेको संरचना निर्माणका लागि निर्माणको समय अवधि १५ महिना थप गर्ने तयारी भइरहेको उनले बताए ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…