भिरबाट लडेर दुई जनाको मृत्यु ।
गुल्मी:
भिरबाट लडेर गुल्मीमा दुई जनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका वडानम्बर–१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मुसिकोट नगरपालीका वडानम्बर–१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर उनीहरु घाइते भएका थिए ।उनीहररुलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाइएको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।
दुई जना बाङ्गे माइती जाने क्रममा भिरबाट लडेका थिए । मृतक २ जनाको शव गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


