स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको अध्यक्षमा अर्याल ।

वालिङ :
स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिको अध्यक्षमा टुकराज अर्याल चयन हुनु भएको छ । समितिको चौथो बिश्व सम्मेलन तथा अधिवेशनले अर्यालको अध्यक्षतामा ३२ सदस्यीय कार्य समितिको सहमतिका आधारमा चयन गरेको हो । समितिको कार्यकाल २ बर्षको हुने छ ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा भोला पौडेल, उपाध्यक्षहरुमा मध्यपूर्वबाट हरि लुइटेल, एसिया प्यासेफिकबाट नरेश बहादु जिसी, अमेरिका क्षेत्रबाट बिरेन्द्रजंग केसी, महिला उपाध्यक्षमा माया केसी चयन हुनु भएको छ । अधिवेशनले महासचिवमा मुक्ति सुबेदी, सचिवहरुमा राजेश पाण्डेय,मीन क्षेत्री र महिला सचिवमा इन्दिरा खनाल, कोषाध्यक्षमा खगेन्द्र गैह्रे,सह–कोषाध्यक्षमा धर्म पराजुली,युवा संयोजकमा ओमकार पोख्रेल, महिला संयोजकमा निर्मला तिवारीलाई चयन गरेको छ ।
सम्मेलनले मध्यपुर्ब संयोजकमा थमन सिंह रानाभाट र एसिया प्यासेफिक संयोजकमा हरि प्रसाद न्यौपाने चयन भएकाछन् । नवगठित समितिको सदस्यहरुमा गुप्त प्रसाद गैह्रे,नारायण प्रसाद डुम्रे,भरत रोकाह,हुत बहादुर क्षेत्री चयन भएका छन् ।
यसैगरी राष्ट्रिय समन्वय समिती अध्यक्षहरु पदेन सदस्य रहने नियम अनुशार बिमला हमाल श्रेष्ठ(अमेरिका),गोविन्द भट्टराई, (यूएइ), बिजय थापा (दक्षिण कोरिया), ध्रुब ज्ञवाली (जापान), राजेन्द्र शर्मा (नेदरल्यान्ड),शारदा गुरुङ(बेलायत), बिमल गुरुङ (स्पेन), पारस काफ्ले (साउदी अरब), दिपक क्षेत्री (अस्ट्रेलिया),अजामत अलि (कतार), अर्जुन अर्याल (पोर्तुगल), पर्शुराम रेग्मी (बेल्जियम), अरुन चाम्रु गुरुङ (फ्रान्स), चोलाकान्त पङ्गेनि (ओमन), निलम सिन्जाली मगर (जर्मनी) शालिकराम अर्याल( नर्बे समन्वय कर्ता), बिष्णु शर्मा पौडेल(डेनमार्क–सम्योजक), इश्वर गुरुङ्ग (हङकङ्) चयन भएकाछन् । केही पदमा भने पछि चयन गरिने नवचिर्वाचित महासचिव मुक्ति सुवेदीले जानकारी दिनुभयो ।
‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मूल नाराका साथ स्याङ्जाको वालिङमा भएको सम्मेलनको गण्डकी बिश्व बिद्यालयका कुलपति डाक्टर गणेशमान् गुरुङले शुभारम्भ गर्नु भएको थियो ।
बिश्वका १९ देशका २०० प्रतिनिधिहरुको सहभागितामा बिश्व सम्मेलन भएको आयोजकको भनाई छ ।
प्रवासमा रहेका स्याङ्जाबासी युवाहरुले सोही सामाजिक संस्थामार्फत जिल्लामा विभिन्न सामाजिक काम गर्दै आएको छ । विभिन्न समयमा आर्थिक एवं भौतिक सहयोग गर्दे आएको छ
कोभिडको समयमा अक्सिजन तथा स्वास्थ्य सामग्री वितरण, स्वास्थ्योपचारमा आर्थिक समस्यामा परेकाहरुको निम्ति आर्थिक सहयोग, बाढीपहिरो पीडित तथा विभिन्न घटनामा ५० लाख भन्दा बढिको सहयोग गरेको संस्थाका महासचिव हेमन्त रानाभाटले जानकारी दिनुभयो ।
स्याङ्जाबाट रोजगारका लागि विदेसिनेको संख्या धेरै छ । २०६८ को तथ्यांक अनुसार यहाँबाट विदेशमा जानेको संख्या ४० हजार भन्दा बढी छ ।

Facebook Comments Box
TOP