स्याङ्जाको ऐतिहासिक दरबार निर्माणका लागि  हात्तीस्थान तामेकोट समिट तयारी पुरा ।

गल्याङ्ग:
ऐतिहासिक दरबार निर्माणका लागि स्याङ्जाको गल्याङ नगरपालिका-५,स्यालबास स्थित हुन लागेको हात्तीस्थान तामेकोट समिटको सम्पुर्ण तयारी पुरा भएको छ।
पुस १५,१६ र १७ आयोजना गर्ने समिटको तयारी पुरा भएको सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । करिब सात सय ५० बर्ष अघिको ऐतिहासिक दरबार पुननिर्माणको उद्घाटन,राष्ट्रिय कलाकारहरुको प्रस्तुती, ईन्द्रेणी ग्रुपको प्रस्तुती, साँस्कृतिक कार्यक्रम,हात्तिस्थान फाउण्डेसनको उद्घाट,देशकै प्रबुद्ध अर्थसास्त्री,समाजसास्त्री,साहित्यकार,चलचित्रकर्मी,वैज्ञानिक, ईतिहासकार,पुरातत्वविद,उद्योगपति,वैंकर तथा राजनितिज्ञहरुको उपस्थितिमा पुरातत्विक,पर्यटकिय,धार्मिक तथा एतिहासिक विषयवस्तुमा गहन अन्तरक्रिया लगाएतका कार्यक्रम समिटका आकर्षण रहेको हात्तीस्थान तामेकोट समिट २०७८ का संयोजक डाक्टर शिवसंकर वस्यालले जानकारी दिनुभयो।
वस्यालका अनुसार तामेकोटमा करिब साढे सात सय वर्ष पहिले १४ कोठाको तीन तले दरबार रहेको इतिहास रहेको छ । अझैं पनि दरबार र ऐतिहासिक ढुङ्गाका अवशेष रहेको उक्त ठाउँमा आलम नामका राजा रहेको बताइन्छ ।

राजा यौनलिप्त भएर राज्यप्रति बेफिक्री भएपछि रानी बेगमले उनलाई नजरबन्द गरेर सेनापतिसँग मिलेर राज्य संचालन गरेको कथन रहेको संयोजक बस्यालले बताए । पछि भयकोट,चन्द्रकोट र पैयुकोट गरि तीन भुरे राज्यले संयुक्त हमला गरि तामेकोट राज्य नियन्त्रणमा लिएको लोककथा स्थानीयमाझ प्रचलनमा रहेको छ ।

उक्त ऐतिहासिक दरबार पुनर्निर्माणका लागि गल्याङ नगरपालिकाको आयोजमानामा समिट गर्न लागिएको जानकारी बस्यालले दिए ।
करीब १० करोड रुपैयाँ निर्माण लागत अनुमान गरिएको उक्त दरबार पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकार र स्थानीय तहले सहयोग प्रतिवद्धता गरेकोमा केन्द्र सरकारसँग पनि पहल भइरहेको जानकारी डाक्टर शिवसंकरले जनाकारी गराएका छन् ।
समिट सम्पन्न गर्न ४० लाख लाग्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । समिटमा आम सर्वसाधारण सहितका सबैलाई निशुल्क सहभागी हुने व्यवस्था मिलाईएको छ ।समिटमा सहभागी हुन जाने पाहुनालाई यातायात,खाने वस्ने राम्रो व्यवस्था भएको समते जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनमा गल्याङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत दामोदर शर्माले सकरात्मक सोँचका साथ समिटलाई सहयोग गर्न सम्पुर्णमाझ आग्रह गर्नुभयो ।

गल्याङ एफ.एमका बजार प्रमुख नारायण विश्वकर्माले गल्याङमा एतिहासिक राजदरवार निर्माण हुनु स्याङ्जावासीका लागि गौरवको विषय भएको बताउनुभयो ।

Facebook Comments Box
TOP