पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ।
वालिङ :
वालिङ १४ मा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सृजना युवाक्लब वालिङ १४ सिम्लेको आफ्नो २४ औँ वार्शिकोत्सवका अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको समापन गर्नुहुँदै नेपाली काँग्रेस महासमिति सदस्य विष्णु पौडेलले कुलतबाट युवाहरुलाई जोगाउनका लागी शारिरिक तथा मानसिक रुपमा खेलले सहयोग गर्ने बताउनुभयो । साथै उहाँले खेलले युवाहरुबीच एकआपसमा भाईचारा र भातृत्वको विकास गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ प्रदेश क का सहसचिव बोधराज कुँवर राजु, नेविसंघ जिल्ला कोषाध्यक्ष ध्रुव पंगेनी, काग्रेस वडा नं. १४ का सभापति टुकप्रसाद श्रेष्ठ, क्षेत्रिय प्रतिनिधि विष्णु खवास र गणेश डुम्रे, सृजनशिल कृषि सहकारी अध्यक्ष तथा स्कूल अफ डेमोक्रेसि जिल्ला सचिव राजु डुम्रे लागयतले बोल्नुभएको हो ।

पिउ थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत खेल संयोजक श्यामबहादुर हमाल र सञ्चालन सल्लाहकार रमाकान्त न्यौपानेले गर्नुभएको थियो । प्रतियोगितमा प्रथम मिसन थ्रिस्टार वालिङ १२ काउले र आयोजक समूह सृजना युवाक्लब द्धितिय भएका छन् । प्रतियोगितामा विजेता तथा उपविजेता समूहले ४० हजार र २० हजार नगदसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


