पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ।
वालिङ :
वालिङ १४ मा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सृजना युवाक्लब वालिङ १४ सिम्लेको आफ्नो २४ औँ वार्शिकोत्सवका अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको समापन गर्नुहुँदै नेपाली काँग्रेस महासमिति सदस्य विष्णु पौडेलले कुलतबाट युवाहरुलाई जोगाउनका लागी शारिरिक तथा मानसिक रुपमा खेलले सहयोग गर्ने बताउनुभयो । साथै उहाँले खेलले युवाहरुबीच एकआपसमा भाईचारा र भातृत्वको विकास गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ प्रदेश क का सहसचिव बोधराज कुँवर राजु, नेविसंघ जिल्ला कोषाध्यक्ष ध्रुव पंगेनी, काग्रेस वडा नं. १४ का सभापति टुकप्रसाद श्रेष्ठ, क्षेत्रिय प्रतिनिधि विष्णु खवास र गणेश डुम्रे, सृजनशिल कृषि सहकारी अध्यक्ष तथा स्कूल अफ डेमोक्रेसि जिल्ला सचिव राजु डुम्रे लागयतले बोल्नुभएको हो ।

पिउ थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत खेल संयोजक श्यामबहादुर हमाल र सञ्चालन सल्लाहकार रमाकान्त न्यौपानेले गर्नुभएको थियो । प्रतियोगितमा प्रथम मिसन थ्रिस्टार वालिङ १२ काउले र आयोजक समूह सृजना युवाक्लब द्धितिय भएका छन् । प्रतियोगितामा विजेता तथा उपविजेता समूहले ४० हजार र २० हजार नगदसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


