सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा कला राना

स्याङ्जा:
सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा कला राना निर्वाचित हुनुभएको छ । मंगलबार वालिङमा सम्पन्न तेस्रो अधिवेसनले रानाको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्म निर्वाचित गरेको हो । समूहको उपाध्यक्षमा साधना न्यौपाने, सचिवमा आरती कुँवर, कोषाध्यक्षमा अस्मिता राना रहनुभएको छ भने सदस्यहरुमा फुलमाया रश्मी भट्टराई, ममता ज्ञवली, अनिता गौतम, कामना सुनार, गीता भट्टराई, रहनुभएको छ । त्यस्तै सल्लाहकारहरुमा भवानी अधिकारी र शान्ता थापा रहनुभएको छ ।

नवनिर्वाचित समूहलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै वालिङ नगरउपप्रमुख कल्पना तिवारीले महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समुहलाई अगाडि बढाउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । साथै उपप्रमुख तिवारीले महिला पत्रकारहरुको हकअधिकार र क्षमता अभिवृद्धिका लागी आवश्यक समन्वय र सहकार्य नगरपालिकाले गर्ने भन्दै सम्पुर्ण महिलाहरुको आवाज बुलन्द पार्न सञ्चारिका अब्बल बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले पत्रकार महासंघ महिला पत्रकारहरुलाई संगसंगै अगाडि बढाउन प्रतिवद्ध रहेको भन्दै नवनिर्वाचित समूहलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा निर्वतमान अध्यक्ष भवानी अधिकारीले नवनिर्वाचित समुहलाई थप क्रियाशिल भएर अगाडि बढ्न आग्रह गर्दै सँधै समूहकै साथमा रहेको बताउनुभयो । महिला पत्रकारहरुको भेलाले निर्वतमान अध्यक्ष अधिकारीलाई गण्डकी प्रदेश तथा केन्द्रिय कार्यसमितिमा पठाउने र स्थानीय पालिकासंग समन्वय गर्दै पत्रकारहरुको क्षमता विकास र दक्षता अभिवृद्धिका लागी प्रस्ताव पशे गर्ने निर्णय समेत गरेको छ ।

Facebook Comments Box
TOP