हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध ।
पोखरा:
अविरल वर्षासँगै परेको बाक्लो हिमपातका कारण मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–निसी खण्ड अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गतको निसीखोला गाउँपालिका –६ सिप क्षेत्रमा झन्डै दुई फिट बाक्लो हिउँ जम्न गई सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रवक्ता डिएसपी इकवाल हवारीले जानकारी दिए ।
हिउँ पर्दा जनजीवन पनि प्रभावित भएको छ । अन्य जिल्लाका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षलगायत तमानखोला, गलकोट, काठेखोला गाउँपालिकाको घोडाबाँधे, ताराखोला, जैमिनी नगरपालिकाको गाजा दह र बडिगाडको माथिल्लो क्षेत्रमा क्षेत्रमा बाक्लो हिमपात परेको छ ।
हिमपातका कारण दैनिक काममा निस्कन र पशुचौपायालाई घाँस दाना खुवाउन कठिनाइ भएको गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचाले बताइन् । हिउँले उच्च पहाडी क्षेत्र छपक्कै छोपेको छ । वर्षा र हिमपात हुँदा गहुँखेती सप्रने आशामा कृषक भने खुसी भएका छन् ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


