राप्रपाको महामन्त्रीमा रेखा थापा उठ्ने ।

काठमाण्डौ:
अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा उठ्ने भएकी छन्। राप्रपाको एकता महाधिवेशनमा थापाले राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेकी हुन्।
राप्रपाको आजबाट महाधिवेशन सुरु भएको छ। अध्यक्षमा कमल थापा र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्।राप्रपामा तीन महामन्त्रीको व्यवस्था छ। बिहीबारदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ। लिङ्देनको प्यानलबाट महामन्त्रीमा धवल शमशेर राणा पनि दाबेदार छन्। थापा निकट एक नेताका अनुसार उनले बिहीबार उम्मेदवारी घोषणा गर्दैछन्। कमल थापा निकट रहेकी उनी एकता महाधिवेशनमा लिङ्देनको पक्षमा खुलेकी हुन्।
विचित्र संसार
थप सामाग्री
सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !
४ महिना अगाडि
एजेन्सी: | क्रिष्टोफर कोलम्बस सुन र मसलाका लागि एसियाको खोजीमा घरबाट निक्लेका थिए । तर उनले पत्ता लगाए अमेरिका । यस्तै…