राप्रपाको महामन्त्रीमा रेखा थापा उठ्ने ।
काठमाण्डौ:
अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा उठ्ने भएकी छन्। राप्रपाको एकता महाधिवेशनमा थापाले राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेकी हुन्।
राप्रपाको आजबाट महाधिवेशन सुरु भएको छ। अध्यक्षमा कमल थापा र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्।राप्रपामा तीन महामन्त्रीको व्यवस्था छ। बिहीबारदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ। लिङ्देनको प्यानलबाट महामन्त्रीमा धवल शमशेर राणा पनि दाबेदार छन्। थापा निकट एक नेताका अनुसार उनले बिहीबार उम्मेदवारी घोषणा गर्दैछन्। कमल थापा निकट रहेकी उनी एकता महाधिवेशनमा लिङ्देनको पक्षमा खुलेकी हुन्।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


