वालिङका डाक्टर तिवारीका दुई कृति प्रधानमन्त्री देउवाद्धारा लोकार्पण

काठमाडौं

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दुई कृति विमोचन गर्नु भएकाे छ। प्रधानमन्त्री देउवाले नेपाल संस्कृत विश्वद्यिालयका उपप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लेखिएका ‘कारिकार्थप्रकाशः’ र ‘पाणिनीयशिक्षा’ नामक दुई कृति लोकार्पण गर्नु भएकाे हाे।

कृतिका लेखक तिवारी नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठ, काठमाडौंमा प्राध्यापनरत रहनु भएकाे छ। तिवारीकाे स्थायी घर वालिङ नगरपालिका ८ हाे ।  दुवै पुस्तक प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गरिएको हो । प्रधानमन्त्री देउवा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति हुनुहुन्छ।

संस्कृत भाषामा पाणिनीय व्याकरणलाई सर्वोत्कृष्ट व्याकरण मानिन्छ । यही व्याकरण विषयमा विद्यावारिधि गरेका तिवारीले संस्कृत व्याकरण सम्बद्ध ग्रन्थको रचना गरेका गर्नु भएकाे हाे। पाणिनीय सूत्रग्रन्थ अष्टाध्यायीको व्याख्या गर्दै भट्टोजिदीक्षितले वैयाकरणसिद्धान्तकौमुदी ग्रन्थ रचना गर्नु भएकाे हाे ।

डा. तिवारीले सिद्धान्तकौमुदीमा रहेका सम्पूर्ण कारिकाहरूको संस्कृत र नेपाली भाषामा व्याख्या गर्नु भएकाे छ । त्यसैगरी पाणिनीयशिक्षाको सूत्रपाठ र श्लोकपाठको संस्कृत र नेपाल भाषामा व्याख्या गरिएको छ ।

यस ग्रन्थमा पाणिनीयशिक्षाका आठवटा पाठभेदको समेत समावेश गरिएको छ । पुस्तकलाई विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गरेको हो ।

उक्त पुस्तक संस्कृत व्याकरण विषयका अध्येता एवं जिज्ञासुहरूका लागि उपयोगी हुने कृतिकार तिवारीले बताउनु भयाे ।

Facebook Comments Box
TOP