देशका विभिन्न स्थानबाट ९ जना मृत अवस्थामा फेला ।

काठमाण्डौ :
देशका विभिन्न स्थानमा ९ जना मृत अवस्थामा भेटिएका छन् । काठमाडौं, इलाम, झापा, बारा, धनकुटा, सुनसरी, पर्सा, मोरङ र नवलपरासी (पश्चिम) जना मानिस मृत अवस्थामा भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौंको शंखरापुर नगरपालिका–४ लप्सीफेदीस्थित शालीनदी खोलामा कागेश्वरी मनोहरा नगरपालिका–१ बस्ने ५२ वर्षीय राजकुमार दाहाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।ईलामको ईलाम नगरपालिका–४ पुवाखोला बजार बस्ने ३४ वर्षीय बीरू भन्ने हर्क बहादुर लिम्बु सोही ठाउँस्थित पानीको नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको भद्रपुर नगरपालिका–२ बस्ने २८ वर्षीय कमल सिंह तामाङ सोही नगरपालिका–१ सातलाखे बाँधस्थित धान खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।बाराको कोल्हबी नगरपालिका–७ मौहासपुरस्थित गेरकाही खोलामा सोही ठाउँ बस्ने ४० वर्षीय बहुदली मुखिया शुक्रबार मृत अवस्थामा फेला परेका छन् । धनकुटाको धनकुटा नगरपालिका–१ शान्तिटोल बस्ने ३३ वर्षीया कल्पना राई आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित महमत फर्निचर पसलमा रंग लगाउने काम गर्ने मोरङ कटहरी गाउँपालिका–१ बस्ने ५५ वर्षीय निर्मल राय सोही पसलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।पर्साको ठोरी गाउँपालिका–३ सिक्कारी बाँस बस्ने ६४ वर्षीय भगन महतो सोही ठाउँस्थित खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, मोरङको जहदा गाउँपालिका–१ लंकाटोल बस्ने ७० वर्षीया गोलिया देबी बैठा सोही गाउँपालिका लंकाटोलको दशगजास्थित पारिपट्टी पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका–१२ कुनुवार बस्ने टिमल हरिजनको गोठमा भारत महारजगंज थाना निचलौल टिकुलहिया बस्ने ५५ वर्षीय ईलताफ अली शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…