न्यू गाउँबेसि बहुउद्देश्यीय संस्थाको प्रथम साधारण सभा सम्पन्न

वालिङ :
न्यू गाउँबेसि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वालिङ १० को प्रथम साधारण सभा बिहीबार सम्पन्न भएको छ । साधारण सभाको जेष्ठ सेयर सदस्य सुर्यबहादुर श्रेष्ठले उद्दघाटन गर्नुभएको थियो ।
कार्यक्रममा वालिङ नगरपालिका सहकारी साखा प्रमुख भुवानीप्रसद तिवारी, राष्ट्रिय सहकारी बैंक साखा प्रमुख टिकाराम अधिकारी, सल्लाहकार भेकप्रसाद श्रेष्ठ, हरितज्योति सहकारीका  प्रबन्धक भोजराज गुरुङलगायतले बोल्नुभएको थियो । वक्ताहरुले सहकारीहरु सेवामुखी हुनुपर्नेमा जोड दिँदै सहकारीको निति र सिद्धान्तका आधारमा अगाडि बढ्दै यस क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालका अनुसार सहकारीले ८ करोड ८ लाख ७० हजार ऋण लगानी गरेको छ भने ८ करोड ३७ लाख ७६ हजार विभिन्न शिर्षकमा वचत गरेको छ । २०८ जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी ८२ लाख १७ हजार रहेको छ । कार्यक्रममा अध्यक्ष खनाल, सचिव ताराप्रसाद श्रेष्ठ र कोषाध्यक्ष सुदन श्रेष्ठले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाले आर्थिक वर्ष ७८/०७९ को वार्शिक आयव्याय तथा कार्यक्रमहरु पारित गरेको छ । अध्यक्ष अर्जुनप्रसाद खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष भिमलाल खनाल र सचिव ताराप्रसाद श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
Facebook Comments Box
TOP