कांग्रेस गण्डकीमा पौडेल समूहका शुक्रराज शर्मा विजयी
पोखरा : कांग्रेस गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शुक्रराज शर्मा विजयी भएका छन् । उनले संस्थापन देउवा पक्षका अर्जुनप्रसाद जोशीलाई ८४ मतले पराजित गरे । विजयी शर्माले ६ सय १२ मत पाए भने जोशीले ५ सय २८ मत पाए ।
यसैगरी एक उपसभापतिमा बाहेक अन्य पदाधिकारीमा शर्मा प्यानलका विजयी बने । संस्थापन पक्षका मेखलाल श्रेष्ठलेमात्र उपसभापतिमा जिते । शर्मा प्यानलकी कल्पना तिवारीले उपसभापतिमा जितिन् । महामन्त्रीमा शर्मा प्यानलकै विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठले बाजी मारे । यसैगरी ३ सहमहामन्त्रीमा शर्मा प्यानलका कोपीला रानाभाट, रामचन्द्र जोशी र रमेशकुमार पाण्डेले विजयी हासिल गरेका छन् ।
शनिबार भएको मतदानको आइतबार बिहान मतगणना सकिएको थियो । एक हजार एक सय ६५ मतदातामध्ये एक हजार एक सय ४६ मत खसेको थियो । सभापतिमा निर्वाचित शर्मा २०४५ देखि २०६१ सम्म कास्की कांग्रेसको सभापति थिए । २०४८, २०५१ र २०७४ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी भए पनि उनी पराजित बनेका थिए । राष्ट्रिय सभा सदस्यसमेत भएका उनी कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य पनि भएका थिए ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


