मुस्लिम युथ क्लबद्वारा बहिरा बिद्यालयका बिद्यार्थी र कर्मचारीलाई बिद्यालय पोशाक बितरण

mushlim youth syangja

भवानी अधिकारी :

स्याङ्जा मुस्लिम युथ क्लबले बहिरा बिद्यालयका बिद्यार्थी र कर्मचारीगरी ३० जनालाई बिद्यालय पोशाक उपलब्ध गराएको छ।

पुलतीबजार नगरपालिका ३ स्थित चण्डिकालिका बहिरा आधारभूत बिद्यालयमा अध्ययरत २५ बिद्यालय र ५ शिक्षक÷कर्मचारीलाई आइतवार बिद्यालय पोशाक प्रदान गरेको हो।

पोशाक प्रदान गर्दै बिद्यालय भवन निर्माणका जग्गादाता एवं बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष अमिरबक्स मियाले सबैको सहयोगबाट बिद्यालय सञ्चालन गरेर यहाँसम्म आइपुगेको बताए ।

अन्य सबल ब्यक्ति झैं बहिरा बालबालिकाको शिक्षा, दिक्षा, हेरचाह तथा संरक्षण गर्न निकै कठिन र चुनौती हुने बताउदै सिंगो समुदाय र राज्यले बिशेष ध्यान पुरयाउनु पर्नेमा उनको भनाई छ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति तुलसीराम रेग्मी, गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, महाधिवेशन प्रतिनिधीहरु श्रीराम उपाध्याय र सीता गोदार, ट्रेड यूनियन कांग्रेसका महासचिव दिर्घनारायण शर्मा, मुस्लिम संघका सभापति अलि मोहम्मद मिया, अध्यक्ष कमलकान्त उपाध्याय, उद्योग वाणिज्य संघका कोषाध्यक्ष शा खालिद लगायतले फरक क्षमताका यी बालबालिकालाई आउदा दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सो बिधालयमा अध्ययरत २५ जना छात्रछात्रा र ५ जना शिक्षकलाई स्कुल पोशाक, हाइनेक लगायतका सामाग्री उपलब्ध गराइएको हो ।

स्याङजा युथ क्लबका अध्यक्ष सागिर अलिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन महासचिव मुबारक मियाले गरेका थिए।

Facebook Comments Box
TOP