पत्रकार पराजुली र राना तथा जेष्ठ नागरिक सम्मानित ।

वालिङ :
कानुङ आँधीखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ९ को तेस्रो साधारण सभा सम्पन्न भएको छ । साधारणको उद्दघाटन गर्नुहुँदै आदिवासी जनजाती आयोगका सदस्य रिना रानाले सहकारीले यहाँका समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानका लागी योगदान पु¥याउएको भन्दै सहाकारी नाफामुखी भन्दा सेवामुखी हुनुपर्ने बताउनुभयो । साथै उहाँले सेवा पहिलो प्राथामिकता भएको भन्दै नाफा दोस्रो पक्ष रहेकाले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बोर्डका सदस्य खगिसरा थापा, राष्ट्रिय सहकारी बैंक का प्रमुख टिकाराम अधिकारी, उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरतप्रसाद बगाले, संस्थका सल्लाहकारहरु तेजबहादुर थापा, तेजन राना, विश्वप्रकाश थापालगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष उमेश दर्लामी, सचिव तेजबहादुर आले, कोषाध्यक्ष कुलबहादुर थापा, लेखा संयोजक टोपबहादु थापा र प्रबन्धक दिनेश खनालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीले सामाजिक क्षेत्रमा टेवा पु¥याउनुहुने जेष्ठ नागरिक हर्कबहादुर गुरुङ र सञ्चार क्षेत्रबाट समाजलाई सुसूचित बनाउन सहयोग गर्ने पत्रकारद्वय कला राना र हिमलाल पराजुलीलाई सम्माणपत्रले सम्मान गरिएको थियो ।
३६५ जना सेयर सदस्य रहेको संस्थाको १ करोड ८३ लाख, ६८ हजार ८ सय सेयर पुँजी रहेको छ भने ४ करोड ३५ लाख, १५ हजार ९११ कुल निक्षेप, ४ करोड ३५ लाख १५ हजार ९६ ऋण लगानी र १ लाख सेयर लगानी रहेको सहकारीको कुल कारोबार ६ करोड ७६ लाख ४४ हजार ५२८ रुपैँयाको कारोबार गरेको छ । संस्थाका अध्यक्ष दर्लामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णमाया थापा, सञ्चालन सचिव तेजबहादुर आले र धन्यवाद सदस्य चेतबहादुर थापाले गर्नुभएको थियो ।
Facebook Comments Box
TOP