पूर्व-पश्चिम राजमार्गमा अवरोध ।
सिराहा:
दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार खण्ड अवरोध गरेका छन् ।
गोलबजारमा शनिबार राति दुई समूहबीच छुरा हानाहान हुँदा २६ वर्षीय युवा रामकुमार सदाको मृत्यु भएपछि स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । गम्भीर घाइते सदालाई उपचारका लागि आरके मेडिसिटी अस्पताल लगिएको थियो । अस्पताल पुर्याएलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस्तै झडपमा गम्भीर घाइते निकेश सदाको उपचार भइरहेको छ ।
दुई समूहबीच झडप भएको र उनीहरू अहिले फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले फरारको खोजी गरिरहेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
४ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


