खेलाडी वर्गीकरणको गुनासो गर्दा मात्रै क्रिकेट कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्र पदमुक्त, सन्दीपलाई कप्तानको जिम्मेवारी ।
काठमाण्डौ
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको छ। क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ललाई कप्तानबाट हटाउने निर्णय गरेको हो। बैठकले कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिने निर्णय गरेको छ।
खेलाडीको केन्द्रीय सम्झौतालाई लिएर कप्तान मल्लसहित केही सिनियर खेलाडीले सार्वजनीक रूपमा गुनासो गरेका थिए। खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यावहारिक नभएको उनीहरूको गुनासो थियो। सोही विषयलाई लिएर सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको र खेलाडी आचारसंहिता पालना नगरेको भन्दै क्यानले मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


